शिव र मनिलालाई छिन्नलता पुरस्कार
काठमाडौँ । छिन्नलता गीत पुरस्कार गुठीको वर्ष २०७९ र २०८० को छिन्नलता गीत पुरस्कार घोषणा गरिएको छ । गुठीको काठमाडौँमा सम्पन्न साधारणसभाले दुई वर्षको पुरस्कार एकैपटक घोषणा गरेको हो ।
जसअन्तर्गत गुठीले २०७९ सालको छिन्नलता गीत पुरस्कार गायनतर्फ शिव परियार, गीत रचनातर्फ भूषण खरेल र संगीततर्फ मनराजा नकर्मीलाई पुरस्कार प्रदान गर्ने भएको छ । गुठीले गायिका मेनुका पौडेललाई लोकप्रिय युवा प्रतिभा पुरस्कार दिने समेत निर्णय गरेको छ ।
त्यस्तै २०८० सालको छिन्नलता गीत पुरस्कार अन्तर्गत गायनतर्फ मनिला सोताङ, गीत रचनातर्फ वीरेन्द्र पाठक, संगीततर्फ चण्डीप्रसाद काफ्लेलाई प्रदान गरिनेछ । गायक भूपू पाण्डेलाई २०८० सालको लोकप्रिय युवा प्रतिभा पुरस्कार ‘पीरैपीर’ गीतबाट प्राप्त गर्ने गुठीले घोषणा गरेको छ ।
छिन्नलता गीत पुरस्कारको राशी जनही एक लाख रुपैयाँको रहेको छ । ५० हजारबाट यो वर्षबाट पुरस्कार राशि एकलाख पुर्याइएको हो । पुरस्कार सम्मान आगामी साउन २ गते एक कार्यक्रमकाबिच प्रदान गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तार भूमिगतको विषयलाई लिएर काठमाडौँ महानगर र विद्युत् प्राधिकरण आमने सामने
-
बहिस्कृत नातिनीदेखि राष्ट्रिय सभा उपाध्यक्षसम्म
-
मुलुकको समृद्धिका लागि राजनीतिक स्थिरता आवश्यक : महासचिव पोखरेल
-
मैत्रीपूर्ण खेलको सुखद अन्त्य, तस्बिरहरू
-
‘मिस नेपाल पिस २०२४’मा २४ प्रतियोगी भिड्दै
-
त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहोर मुक्त बनाइने