टी-२० क्रिकेट
नेपालले लगातार गुमायो तेस्रो र चौथो विकेट
आइतबार, १६ वैशाख २०८१, १४ : ४६
काठमाडौँ । दोस्रो टी–२० क्रिकेटमा आइतबार वेस्ट इन्डिजको ‘ए’ टोलीले दिएको एक सय ६१ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले आफ्नो तेस्रो र चौथो विकेट लगातार गुमाएको छ । नेपालले तेस्रो विकेटका रूपमा लोकेश बमलाई गुमाएको हो ।
ओपनर ब्याट्सम्यान लोकेशलाई क्यारेबियन बलर गुडाकेश मोटीले बोल्ड गरेका हुन् । पेभेलियन फर्किनुअघि लोकेशले १६ बलमा दुई छक्का र एक चौकाको मद्दतले १७ रन बनाएका थिए । ५.५ ओभरमा उनी आउट हुँदा नेपालले २८ रन बनाएको छ । त्यसअघि उनी ‘रिटायर्ड हर्ट’ भई केही समयका लागि क्रिजबाट बाहिरिएका थिए ।
त्यसलगत्तै नेपालले चौथो विकेटका रूपमा कुशल मल्ललाई गुमाएको थियो । उनी रन आउट भई पेभेलियन फर्किएका हुन् । खाता खोल्नुअघि नै उनी आउट भएका थिए । छैटौँ ओभरको अन्तिम बलमा उनी आउट हुँदा नेपालले २८ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा मेलो न मेसोका मन्त्री हुने गरेका छन् : प्रधानमन्त्री प्रचण्ड
-
सभामुख र प्रधानमन्त्रीबिच नीति तथा कार्यक्रमबारे छलफल
-
उपेन्द्र यादवद्वारा राजीनामा
-
राजनीतिमा आउलान् अल्लु अर्जुन ?
-
बढ्यो नेपाल टेलिकमको नाफा, ९ महिनामा कमायो ५ अर्ब ५९ करोड
-
सुनकोशी–मरिन डाभईभर्सन : सुरुङ ब्रेकथ्रुपछि के–के काम अझै छन् बाँकी ?