सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

फेसबुकमार्फत सम्पर्क गरी हवाई टिकट मिलाइदिने भन्दै ठग्ने युवती पक्राउ

आइतबार, १६ वैशाख २०८१, १७ : १६
आइतबार, १६ वैशाख २०८१

काठमाडौँ । फेसबुक मार्फत सम्पर्क गरी हवाई टिकट मिलाई दिने भन्दै ठग्ने कार्यमा संलग्न एक युवती पक्राउ परेकी छन् । पक्राउ पर्नेमा काठमाण्डौको तारकेश्वर नगरपालिका वडा नं. ५ बस्ने सुनिता लामिछाने रहेकी छिन् । 

उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टीलीले पक्राउ गरेको हो । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत विभिन्न व्यक्तिलाई सम्पर्क गरी हवाई टिकट मिलाई दिने  भनि ठगी गर्ने उजुरी परेपछि खोजतलासका क्रममा काठमाडौँको गोकर्णेश्वरस्थित नमुना बस्तीबाट प्रहरीले पक्राउ गरेको हो ।

 उनले बागबजारमा झोइन्ट भिजन ट्राभल्स एण्ड टुर्स  सञ्चालन गर्दै आएको खुलेको छ । उनलाई अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

प्रहरीकाअनुसार उनले नक्कली हवाई टिकट बनाएको भन्दै हाल सम्म ८ जनाले ठगी सम्बन्धी कसुरमा जाहेरी दिएका छन् । यस्तै उनको नाममा बैंकिङ कसुरसम्बन्धि मुद्दामा तीन जनाले जाहेरी समेत दिएको पाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप