साङ्गीतिक कार्यक्रमका लागि आनीसहितको टोली बेलायत प्रस्थान
काठमाडौँ । मे ५ मा बेलायतको क्यामवर्लीस्थित लेकसाइड कन्ट्री क्लब हलमा आयोजना हुन लागेको लोकप्रिय गायिका आनी छोइङ डोल्माको कन्सर्टको तयारी अन्तिम चरणमा पुगेको छ । मानवसेवा आश्रम सहयोगार्थ कन्सर्टमा प्रस्तुति दिन लागेकी आनी र मानवसेवा आश्रमका संस्थापक एवं केन्द्रीय अध्यक्ष रामजी अधिकारी बुधबार बेलायत प्रस्थान गरेका हुन् ।
मानवसेवा आश्रम युके च्यापटरले मानवसेवा आश्रम सहयोगार्थमा मे ५ मा कन्सर्ट र मे १९ सम्म विभिन्न मानवता प्रवर्द्धनसम्बन्धी विभिन्न रचनात्मक कार्यक्रमहरू बेलायतको विभिन्न सहरहरूमा आयोजना गर्दैछ । हाल हुन लागेको कन्सर्ट मानवसेवा आश्रमको बेलायतमा तेस्रो कार्यक्रम हो ।
‘इनर मेलोडी फर इनर पिस’ कन्सर्टमा एक हजार जनालाई सहभागी गराउने आयोजकको लक्ष्य रहेको थियो । तर टिकटको माग उच्च हुँदा ५ सय सिट थप गरिएको मानवसेवा आश्रम युके च्यापटरका सचिव यादव श्रेष्ठले बताए । यस्तै, रियल ड्रिम एजुकेसन कन्सल्टेन्सीले मुख्य प्रायोजक रहेको छ भने यस कन्सर्टलाई लक्ष्मी ज्वेलर्स लगायत ३३ ओटा व्यावसायिक संघ-संस्था प्रायोजक रहेका छन् ।
बेलायतमाहुने कन्सर्ट नितान्त नेपालको सडकपेटी र सार्वजनिक स्थलहरूमा कष्टपूर्ण जीवन बिताउन विवश बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, मानसिक तथा शारीरिकरुपमा अति कमजोर मानवहरूको उद्धार, उपचार, पालनपोषण र संरक्षणका लागि सहयोग पुर्याउने मनसायले आयोजना भएको मानवससेवा आश्रम युके च्यापटरका संयोजक सुनिल बाबु खड्काले बताए । कन्सर्टबाट १ लाख पाउन्ड भन्दा बढी सहयोग जुटाउने लक्ष्य राखिएको मानवसेवा आश्रम युके च्यापटरका कोषाध्यक्ष चन्द्र अर्याल बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरदैलोमै एकीकृत सेवा पाउँदा स्थानीय खुसी
-
टर्कीको एक उड्डयन कम्पनीमा आक्रमण हुँदा कम्तीमा पाँच जनाको मृत्यु
-
जुम्लाबाट एक वर्षमा चार हजारले लिए नागरिकता
-
विदेशी मुद्राको विनिमय दर : आज कुनको मूल्य कति ?
-
कालीगण्डकी जलविद्युत् : लागत दुई खर्ब २४ अर्बभन्दा बढी
-
बिगो निर्धारण निर्देशिकामा व्यक्तिको सङ्लग्नताका आधारमा मात्रै आरोपीमाथि बिगो तोक्ने व्यवस्था गर्न सुझाव