आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

उपेन्द्र यादवकै पक्षमा दृढताका साथ उभिन जसपा मधेस प्रदेशको आग्रह

सोमबार, २४ वैशाख २०८१, २२ : ५९
सोमबार, २४ वैशाख २०८१

धनुषा । जनता समाजवादी पार्टी नेपाल, मधेश प्रदेश समितिले पार्टी भित्रकै एउटा पक्षले कानुन विपरित पार्टी दर्ता गराएको भन्दै आपत्ति जनाएको छ । जसपा मधेस प्रदेशका अध्यक्ष बालकिशोर यादवले सोमबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष उपेन्द्र यादव मुलुकबाहिर रहको मौका छोपेर तथाकथित ढंगले पार्टी दर्ता गराउने कार्यको भर्त्सना समेत गरेका छन् ।

विज्ञप्तिमा यस परिस्थितिमा सम्पूर्ण मधेश प्रदेशका पार्टी पङ्क्ति र अध्यक्ष यादवको नेतृत्वमा दृढताका साथ उभी जस्तोसुकै षडयन्त्रका विरुद्ध सङ्घर्ष गर्ने प्रतिबद्धता समेत जनाइएको छ । सोमबार जसपाभित्रकै अशोक राई नेतृत्वको समूहले निर्वाचन आयोगमा जनता समाजवादी पार्टी दर्ता गराएको छ । 

jasapa-madhes

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप