नक्कली लाइसेन्स प्रकरण
नक्कली लाइसेन्स प्रकरणमा थप ६ जना पक्राउ
मङ्गलबार, २५ वैशाख २०८१, १९ : ३८
काठमाडौँ । बिचौलियाहरूसँग मिलेर नक्कली लाइसेन्स बनाएर वितरण गरेको आरोपमा प्रहरीले थप ६ जनालाई पक्राउ गरेको छ । यातायात व्यवस्था विभागमा लाइसेन्स प्रिन्ट गर्ने शाखाका कर्मचारीसहित थप ६ जनालाई पक्राउ गरिएको सीआईबीका सूचना अधिकारी (एसपी) होविन्द्र बोगटीले रातोपाटीलाई बताए ।
पक्राउ पर्नेमा यातायात व्यवस्था विभागको प्रिन्ट शाखामा कार्यरत बिर्जु कुमार चौधरी, आईटी शाखाका पूर्वकर्मचारी बसन्त पाण्डे, लजारस सुनार र मिलन बास्तोला छन् ।
यातायात व्यवस्था विभागबाट वितरण भएको १ लाख २ हजार नक्कली लाइसेन्सबारे सीआईबीले अनुसन्धान गरिरहेको छ । यसअघि सीआईबीले सुरज प्रकाश अर्याल, हरिश भट्ट र नारायण प्रसाद पाण्डेलाई पक्राउ गरेका थियो । लाइसेन्स प्रकरणमा पक्राउ पर्नेको संख्या ९ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘राज्यले व्यवसाय गर्ने होइन, उद्योगीलाई सहजीकरण गर्ने हो’
-
पञ्जाबलाई हराउँदै दोस्रो स्थानमा उक्लियो हैदराबाद
-
विदेश पठाउँछौँ भनेर ठगेको आरोपमा ३ जना पक्राउ
-
न्यायको खोजीमा महान्यायाधिवक्ताको कार्यालयलाई पत्राचार गरेको हुँ : गृहमन्त्री लामिछाने
-
कांग्रेस महामन्त्री थापाले पत्रकार सम्मेलन गर्दै
-
प्रतिनिधि सभा बैठक स्थगित, सोमबार बिहान ११ बजे बस्ने