स्वदेशमै रोजगारी सिर्जना गर्न घरेलु तथा साना उद्योग स्थापना आवश्यक : मन्त्री अर्याल
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले स्वदेशमै रोजगारी सिर्जनाको लागि लघु, घरेलु तथा साना उद्योग स्थापना आवश्यक भएको बताएका छन् । बुधबार नेपाल घरेलु तथा साना उद्योग महासंघले आयोजना गरेको नेपाल १७ औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
मन्त्री अर्यालले हरेक दिन विमानस्थलबाट विदेश पलायन भइरहेका फोटोहरू सामाजिक सञ्जालमा देख्ने अवस्था अन्त्यको लागि मुलुकभित्रै रोजगारी सिर्जना आवश्यक रहेको बताए । उनले सरकारले अब हरेक कार्यक्रम त्यही नीति अनुरूप गर्ने तयारी रहेको बताए । उनले विदेशबाट फर्कने नेपाली नागरिकहरूलाई मुलुकभित्रै स्वरोजगार बनाउनको लागि सीपमूलक क्षेत्रमा काम गर्न नसकिएको स्वीकार गरे ।
मन्त्री अर्यालले सबै प्रदेश र स्थानीय सरकारसँग मिलेर श्रम मन्त्रालयले सातै प्रदेशमा श्रमाधान रोजगार मेला आयोजना गर्ने तयारी गरेको बताए । उनले सरकारको अबको प्रयास देशमा नै रोजगारी सिर्जना गर्ने रहेको बताए ।
मन्त्री अर्यालले सरकारले सीटीभीटी र सीप विकास प्रशिक्षणमार्फत श्रमिकहरूलाई सीप सिकाउने प्रयास गरेको बताए । उनले नेपाली उत्पादनलाई सरकारी निकायहरूमा प्रयोगमा ल्याउने विषयमा नीतिगत रूपमा व्यवस्था गरिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरदैलोमै एकीकृत सेवा पाउँदा स्थानीय खुसी
-
टर्कीको एक उड्डयन कम्पनीमा आक्रमण हुँदा कम्तीमा पाँच जनाको मृत्यु
-
जुम्लाबाट एक वर्षमा चार हजारले लिए नागरिकता
-
विदेशी मुद्राको विनिमय दर : आज कुनको मूल्य कति ?
-
कालीगण्डकी जलविद्युत् : लागत दुई खर्ब २४ अर्बभन्दा बढी
-
बिगो निर्धारण निर्देशिकामा व्यक्तिको सङ्लग्नताका आधारमा मात्रै आरोपीमाथि बिगो तोक्ने व्यवस्था गर्न सुझाव