बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

मौद्रिक नीतिबारे नाडा : आंशिक सुधार सकारात्मक

शनिबार, ०५ जेठ २०८१, १० : ०९
शनिबार, ०५ जेठ २०८१

काठमाडौँ ।  शुक्रबार जारी आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाबाट नेपाल राष्ट्र बैंकले गरेको आंशिक सुधारहरू सकारात्मक भएको नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालले टिप्पणी गरेको छ । साथै, नाडाले दिएका सुझावहरू पनि आउँदा दिनहरूमा राष्ट्र बैंकबाट सम्बोधन हुँदै जाने अटोमोवाइल व्यवसायीहरूले विश्वास व्यक्त गरेका हुन् । 

त्रैमासिक समीक्षामा बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने विद्यमान १२५ प्रतिशत जोखिम भार रहेका हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जाको जोखिम भार घटाई १०० प्रतिशत कायम गरिनेछ भनिएको छ । त्यसैगरी समीक्षामा बैंक तथा वित्तीय संस्थाहरूको १ वर्ष अवधि व्यतीत भइसकेका लगानी मध्येबाट एक आर्थिक वर्षमा आफ्नो प्राथमिक पुँजीको २० प्रतिशतसम्म बिक्री गर्न पाउने व्यवस्था मिलाइने छ भनिएको छ । 

त्यसै गरी बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित असल वर्गमा वर्गीकरण भएका कर्जाहरूको लागि गर्नुपर्ने विद्यमान कर्जा नोक्सानी व्यवस्था १.२५ प्रतिशतबाट घटाई १.२० प्रतिशत कायम गरिनेछ भनिएको छ । नाडले यसलाई सकारात्मक कदम भनेको छ ।

नाडाले नेपालको अटोमोवाइल क्षेत्रको उत्थानका लागि आवश्यक पर्ने विभिन्न महत्त्वपूर्ण थप नीतिगत सुझावहरू पनि दिएको जनाएको छ । पेट्रोल र डिजेलबाट चल्ने सवारी साधनहरूलाई बैंकहरूबाट हायर पर्चेज लोन प्रवाह गर्ने प्रक्रियामा लोन टू भ्यालू रेसियोमा हाल ५० प्रतिशतको सीमा तोकिएको छ, जसले गर्दा अटोमोवाइल व्यवसाय गम्भीर रूपले प्रभावित बनेको नाडाको भनाई छ । त्यसैलेले लोन टू भ्यालू ५० प्रतिशतबाट बढाएर ७५ प्रतिशत पुर्‍याउनु पर्ने नाडाको भनाई छ । 

‘नेपाल राष्ट्र बैंकले पेट्रोल र डिजेलबाट चल्ने निजी प्रयोजन र व्यावसायिक महत्वका सवारी साधनहरूलाई स्पष्ट रूपमा छट्याई सोही अनुरूप बैंक लगानी गर्न सहजीकरण गर्नुपर्छ । घरपरिवारको आम्दानी सामान्यतया घरका धेरै सदस्यहरूले प्रयोग गर्ने अर्थात् दम्पतीले सवारी साधनको रूपमा अटो लोन उद्धारकर्ताको चुक्ता गर्ने क्षमताको गणना गर्दा विचार गर्नुपर्छ,’ नाडाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सवारी साधनको लागि आफै प्रतीतपत्र खोल्दा नेपाल राष्ट्र बैंकको १० प्रतिशत धरौटी रकम लिएर मात्र प्रतीतपत्र जारी गर्ने व्यवस्थाको जिम्मेवारी सम्बन्धित बैंकहरूलाई नै प्रदान गरिनु पर्ने भनी नाडाले दिएका सुझावहरूका विषयहरूमा भने उक्त समीक्षामा कुनै सम्बोधन गरिएको छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप