बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

सरकारलाई देउवाको आग्रह : वैदेशिक रोजगारीमा ठगिएका नेपालीहरूको समस्या समाधान गरौँ

शनिबार, ०५ जेठ २०८१, १२ : १५
शनिबार, ०५ जेठ २०८१

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वैदेशिक रोजगारीमा ठगिएका नेपालीहरूको समस्या समाधानमा लाग्न सरकारसँग आग्रह गरेका छन् । शनिवार काठमाडौँमा आयोजित नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनको १२ औँ साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।  

सभापति देउवाले नेपालमा वैदेशिक रोजगारी महत्त्वपूर्ण रहेको समेत बताए । उनले विदेशमा रोजगार गर्न जाने कुरा र त्यहाँ श्रमिकहरूले पाइरहेको दुःखका बारेमा आफू जानकार रहेको भन्दै श्रमिकलाई भइरहेको शोषणको समस्या रोक्न आग्रह गरे । उनले वैदेशिक रोजगारीमा गएका नेपालीबाट देशमा आउने रेमिट्यान्ससँगै श्रमिकहरूको समस्या समाधानमा आवश्यक भूमिका खेल्नुपर्ने बताए । सभापति देउवाले श्रमिकहरू ठगिनु र दुःख पाउन नहुने समेत बताए ।  

‘नेपालमा वैदेशिक रोजगार महत्त्वपूर्ण कुरा हो । एकातिर विदेशमा रोजगार गर्न नेपालीले पाउँछन् । मैले त्यहाँ नेपालीहरू ठगिएका र दुःख पाएका कुराहरू थाहा पाएँ, यस्ता कुरा रोक्न हामी लाग्नुपर्छ’ उनले भने, ‘रोजगारीमा गएका साथीहरू ठगिनु भएन । दुःख पाउनु भएन, जेलमा थुनिएका छन्, धेरै दुःख पाएका छन् । यो वैदेशिक रोजगार एसोसिएसनले लिड रोल लिनुपर्छ ।’  

देउवाले वैदेशिक रोजगारीमा गएकाहरूबाट देशलाई फाइदा हुने बताए । उनले भने, ‘रेमिटेन्सको जो पैसा आउँछ, विदेशी पैसा पनि आउँछ, त्यसले नेपालको रेमिटेन्स मात्रै होइन, अरू धेरै फाइदा नेपाललाई हुन्छ । त्यसका लागि एकातिर रेमिटेन्स आवश्यक छ, अर्कोतिर व्यापारी र रोजगारीमा गएकाहरू ठगिनु भएन ।’

सभापति देउवाले नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनलाई दुःख पाएका नेपालीहरूले समस्या समाधान गर्ने काममा लाग्न पनि निर्देशन दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप