बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

राजेशपायलले मस्कटमा गुन्जाए दर्जन गीत

आइतबार, ०६ जेठ २०८१, १३ : ०९
आइतबार, ०६ जेठ २०८१

काठमाडौँ । नेपाली साङ्गीतिक क्षेत्रका चर्चित गायक ‘राई इज किङ’ ले ओमनको मस्कटमा साङ्गीतिक धमाका मच्चाएका छन् । नेपाल किरात समाज, मस्कटले पहिलो पटक आयोजना गरेको साङ्गीतिक कार्यक्रममा राई अतिथि कलाकारको रूपमा सहभागी थिए । 

कार्यक्रममा राईले आफ्ना नयाँ तथा पुराना गरी तीन दर्जन बढी गीत गाएका थिए । हजारौँ दर्शकले भरिपूर्ण मनोरञ्जन लिँदै साङ्गीतिक माहौलमा झुमेका थिए । करिब तीन घण्टा राईले स्टेजमा बिताएका थिए ।

कार्यक्रममा एनआरएनए मस्कटका पूर्व अध्यक्ष डिबी क्षेत्री र कुसलत राई, नेपाली राजदूत दोर्ण अर्याल लगायत सहभागी थिए । 

गायक राई अधिकांश समय विदेशका कार्यक्रममा व्यस्त हुने मानिस हुन् । उनको थुप्रै गीत हिट छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप