दुग्ध विकास बोर्डको कार्यकारी निर्देशकका लागि ६ जनाको नाम सिफारिस
बुधबार, ०९ जेठ २०८१, १८ : १९
काठमाडौँ । राष्ट्रिय दुग्ध विकास बोर्डको कार्यकारी निर्देशकका लागि ६ जनाको नाम सिफारिस गरिएको छ । बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि गठित सिफारिस समितिले बुधबार ६ जनाको नाम सिफारिस गरेको हो ।
कार्यकारी निर्देशकका लागि पेस भएका आवेदकहरुको स्वीकृत नामावली वर्णानुक्रम अनुसार सिफारिस गरिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उल्लेख गरेको छ ।
एक नम्बरमा झापाका दुवागढीका–४ का निराज भट्टराई, दोस्रोमा सप्तरीको सम्भुनाथ नगरपालिका ३ का बालक चौधरी, तेस्रोमा धनुषाको जनकपुरधाम उपमहानगरपालिका २० का डा. मोगल प्रसाद साह, चोथौमा सप्तरीका बर्नेनिर्या –७ का डा. राजेन्द्र प्रसाद यादव, पाँचौँमा काठमाडौँ महानगरपालिका–२९ घट्टेकुलोका राम प्रसाद पौडेल र गोरखाको जोवारी–६ का डा. सितलकाजी श्रेष्ठको नाम सिफारिस गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरदैलोमै एकीकृत सेवा पाउँदा स्थानीय खुसी
-
टर्कीको एक उड्डयन कम्पनीमा आक्रमण हुँदा कम्तीमा पाँच जनाको मृत्यु
-
जुम्लाबाट एक वर्षमा चार हजारले लिए नागरिकता
-
विदेशी मुद्राको विनिमय दर : आज कुनको मूल्य कति ?
-
कालीगण्डकी जलविद्युत् : लागत दुई खर्ब २४ अर्बभन्दा बढी
-
बिगो निर्धारण निर्देशिकामा व्यक्तिको सङ्लग्नताका आधारमा मात्रै आरोपीमाथि बिगो तोक्ने व्यवस्था गर्न सुझाव