बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

मोरङबाट ब्राउन सुगरसहित युवक पक्राउ

आइतबार, १३ जेठ २०८१, २२ : ०६
आइतबार, १३ जेठ २०८१

काठमाडौं । मोरङको बिराटनगर महानगरपालिका–१५ स्थित एक नम्बर ढाटबाट प्रहरीले ब्राउन सुगरसहित एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३० वर्षीय निशान पुलामी मगर छन् ।

आरोपीको साथबाट प्रहरीले ९ सय १० मिलिग्राम लागुऔषध ब्राउन सुगर बरामद गरेको छ । आइतबार दिउँसो भारतबाट ब्राउन सुगर लिएर आउँदै गरेका उनलाई लागुऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको टोलीले पक्राउ गरेको हो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप