१४ लाख बढी बालबालिकालाई आईपीभी खोप लगाउने लक्ष्यसहित अभियान जारी

काठमाडौँ । देशभर १४ लाख बढी बालबालिकालाई आईपीभी खोप लगाउने लक्ष्यसहित अभियान जारी छ । सरकारले मुलुभर १४ लाख ६२ हजार ७ सय १२ बालबालिकालाई आईपीभी खोप लगाउने लक्ष्यसहित ‘आईपीभी खोप अभियान २०८१’ जारी छ ।
सो अभियानमार्फत २०७३ साल वैशाख महिनादेखि २०७५ साल आश्विन महिनासम्म जन्मिएका बालबालिकाले खोप लगाउन सक्ने जनाएको छ । यो अभियान आगामी २६ गतेसम्म देशभरि जारी रहने छ ।
पोलियोमाईलाईटिस पोलियो भाइरसबाट हुने सङ्क्रामक रोग हो । सो बच्नका लागि आईपीभी खोप लगाउनु पर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको परिवार स्वास्थ्य महाशाखाले जनाएको छ । पोलियो भाइरसले सङ्क्रमण गरेका धेरैजसो व्यक्तिहरूमा यो रोगका कुनै पनि लक्षणहरू नदेखिए पनि ती व्यक्तिबाट अरू व्यक्तिलाई यो रोग सर्ने सम्भावना हुन्छ । यो रोग लागेको व्यक्तिलाई पक्षाघात हुनुका साथै कसैको मृत्यु पनि हुन सक्ने बताइएको छ ।
पोलियो रोग लागेमा यसको कुनै निश्चित औषधी उपचार हुँदैन । त्यसैले यो रोग लाग्नबाट सुरक्षित हुनको लागि पोलियो खोप अनिवार्य लगाउनुपर्ने महाशाखाले जनाएको छ ।
पोलियो विरुद्धको खोप दुई प्रकारका हुन्छन् । ती मध्ये एउटा खोप मुखबाट खुवाइन्छ भने अर्को खोप सुईबाट दिइन्छ । सुईबाट दिइने पोलियो विरुद्धको औषधिको अभियान हाल देशभर नै जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधानको अपव्याख्या गर्दै सरकार धम्क्याउन खोज्दैछ : राप्रपा प्रवक्ता श्रेष्ठ
-
जनमत पार्टीले मधेस सरकारका दुई मन्त्री फेरबदल गर्दै
-
दुर्गा प्रसाईंलाई थप २ दिन हिरासतमा राख्न अनुमति
-
देउवाको धारणा भन्दै राजसंस्थाका बारेमा भ्रामक र कपोलकल्पित समाचार प्रकाशित भएपछि...
-
म्यानचेस्टर युनाइटेडले बर्खास्त गरे क्षतिपूर्ति दाबी गर्दिनँ : प्रशिक्षक रुबेन
-
सगरमाथा आरोही छत्यालको बढुवा, दर्ज्यानी चिन्ह प्रदान