बजेटमाथि ओलीको असन्तुष्टि राजनीतिक ‘स्टन्ट’ मात्र हो : दीनानाथ शर्मा
सोमबार, २१ जेठ २०८१, १७ : २५

काठमाडौँ । माओवादी केन्द्रका सचिव दीनानाथ शर्माले बजेटमा प्रयोग भएको जनयुद्ध शब्दावलीलाई लिएर सत्ता घटक मुख्य दल एमालेले गरेको विरोधलाई राजनीतिक ‘स्टन्ट’ भएको बताएका छन् । अर्थमन्त्री वर्षमान पुनले जेठ १५ गते सङ्घीय संसद्मा पेस गरेको बजेटमा जनयुद्ध शब्दावली राखिएकोमा एमालेले असन्तुष्टि जनाएको छ ।
एमालेको असन्तुष्टिलाई लिएर सचिव शर्माले राजनीति ‘स्टन्ट’को संज्ञा दिएका हुन् । ‘ओलीजीले पहिलेदेखि नै जनयुद्ध शब्द मन पराएको छैनन् । बजेटमा जनयुद्ध शब्दावली र जनमुक्ति सेनाको व्यवस्थापनका विषयमा बोलेकाले राजनीतिक स्टन्ट बनाएका हुन् । असन्तुष्टि जनाउनु स्वाभाविक हो’, सोमबार रातोपाटीसँग शर्माले भने ।
तथापि एमालेको असन्तुष्टिकै कारण एमाले र माओवादीबिच सम्बन्धमा कुनै खटपट नआएको उनको जिकिर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोल्पामा आगामी जेठ पहिलो सातादेखि यार्सागुम्बा सङ्कलन
-
भ्यानले अटोरिक्सालाई ठक्कर दिँदा चालकको मृत्यु
-
प्रधानन्यायाधीशले पूर्वराजा भेटेको समाचार लेख्ने पत्रकारलाई धरौटीमा छाड्ने आदेश
-
‘एआईको प्रयोगले न्युज रुममा असर होइन, राम्रो गर्छ’
-
नौ महिनामा भएका सवारी दुर्घटनामा ७० जनाको मृत्यु
-
१० बजे १० समाचार : सिंहदरबारमा ओली–प्रचण्ड भेट, कांग्रेसले चार भ्रातृसंस्था भङ्ग गर्ने