बजेटमाथि ओलीको असन्तुष्टि राजनीतिक ‘स्टन्ट’ मात्र हो : दीनानाथ शर्मा
सोमबार, २१ जेठ २०८१, १७ : २५
काठमाडौँ । माओवादी केन्द्रका सचिव दीनानाथ शर्माले बजेटमा प्रयोग भएको जनयुद्ध शब्दावलीलाई लिएर सत्ता घटक मुख्य दल एमालेले गरेको विरोधलाई राजनीतिक ‘स्टन्ट’ भएको बताएका छन् । अर्थमन्त्री वर्षमान पुनले जेठ १५ गते सङ्घीय संसद्मा पेस गरेको बजेटमा जनयुद्ध शब्दावली राखिएकोमा एमालेले असन्तुष्टि जनाएको छ ।
एमालेको असन्तुष्टिलाई लिएर सचिव शर्माले राजनीति ‘स्टन्ट’को संज्ञा दिएका हुन् । ‘ओलीजीले पहिलेदेखि नै जनयुद्ध शब्द मन पराएको छैनन् । बजेटमा जनयुद्ध शब्दावली र जनमुक्ति सेनाको व्यवस्थापनका विषयमा बोलेकाले राजनीतिक स्टन्ट बनाएका हुन् । असन्तुष्टि जनाउनु स्वाभाविक हो’, सोमबार रातोपाटीसँग शर्माले भने ।
तथापि एमालेको असन्तुष्टिकै कारण एमाले र माओवादीबिच सम्बन्धमा कुनै खटपट नआएको उनको जिकिर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भव: पूर्वअर्थमन्त्री महत
-
डा. अशोक कुमार बास्कोटा : विज्ञान, अध्यात्म र सेवाको अद्भुत संगम
-
कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु
-
नेपाल–पाकिस्तानबिच पर्वतारोहण सहकार्य विस्तारमा जोड
-
वैश्विक व्यापारमा ‘एआई’ को प्रभाव बढ्दो
-
तटीय क्षेत्रका समुदायमा बाढीको कृत्रिम नमूना अभ्यास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण