फिल्म ‘१२ नेपाली एक चिहान’ भदौ १४ मा प्रदर्शन हुने
काठमाडौँ । फिल्म ‘१२ नेपाली एक चिहान’ आगामी भदौ १४ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ । निर्देशक अरुण प्रदानले वितरकसँगको छलफलबाट फिल्म १४ भदौमा प्रदर्शनमा ल्याउन लागिएको जानकारी दिए ।
रोजगारीका लागि इराक पुगेका १२ नेपालीको विसं २०६१ साल भाद्र १६ गते इराकमा बर्बरतापूर्वक हत्या भएको थियो । तिनै १२ जना नेपालीहरूको हत्या कसरी किन भएको थियो भन्ने विषयमा फिल्म निर्माण भएको हो । फिल्मको सेन्सर समेत भैसकेको छ ।
फिल्ममा राजन खतिवडा, जतिन ताम्राकार, रवीन्द्र झा, विक्रम सिंह, उत्तम जङ्ग लिम्बु, राम भजन कामत, सुशील थापा मगर, घनश्याम मिश्र, निरञ्जन मेहता, सोनु जयन्ती, प्रजा प्रधान, मिलन श्रेष्ठ लगायत कलाकारको अभिनय देख्न सकिन्छ ।
जय हुनुमान क्रियशनको ब्यानरमा निर्माण भएको फिल्ममा निर्देशक प्रधानकै कथा रहेको छ । फिल्मका निर्माता रबिन श्रेष्ठ, संगीता प्रधान, रबिन राई र भईसन बर्देवा हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण