बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

बाना भलिबल प्रतियोगितामा टेक्ससको सजनी क्लब विजयी, विजेताले पाए ६ हजार डलर

मङ्गलबार, २९ जेठ २०८१, ०७ : १४
मङ्गलबार, २९ जेठ २०८१

मेरिल्यान्ड  । अमेरिकाको मेरिल्यान्ड राज्यमा स्थापित छाता सङ्गठन बाल्टिमोर एसोसिएसन अफ नेप्लिज ईन अमेरिका (बाना)ले चौथो अन्तरराज्य भलिबल प्रतियोगिता भव्यताको साथ सम्पन्न भएको छ ।

अन्तिम प्रतियोगितामा टेक्सस ड्यालसको सजनी क्लबले न्यूयोर्कको रिजवुडलाई हराउँदै चौथो बाना कप अन्तरराज्य भलिबल  प्रतियोगिताको उपाधि हासिल गरेको छ ।  सजनी क्लबले न्यूयोर्कको रिजवुडलाई ३(१ ले हराउँदै  चौथो बाना कप अन्तरराज्य भलिबल  प्रतियोगिताको विजयी भएको हो ।  

गत आइतबार भएको अन्तिम खेलमा बेस्ट अफ फाईभको आधारमा खेलाइएको थियो । खेलको सुरुवातमा रिजवुडले प्रथम खेल जीत हासिल गरेता पनि दोस्रो खेल टेक्ससको सजनी क्लबले बाजी मारे पछि भिडन्त निकै प्रतिस्पर्धा हुन् गएको थियो । अन्त्यमा सजनीले ३ खेल बाजी मारे पछि चौथो बाना कपको उपाधि जितेको छ । यस वर्ष सहित टेक्सस ड्यालसको सजनी दोस्रो पटक विजयी भएको छ ।

खेलको उद्घाटन बानाका अध्यक्ष सुबोध पन्तले गरेका थिए भने अन्तिम खेल प्रतियोगितामा डिसी स्थित नेपाली राजदूतावासका उप नियोग प्रमुख कुमार राज खरेलले पुरस्कार वितरण गरेका थिए ।

विगत वर्षहरूमा अत्यन्तै सफलताको साथ सम्पन्न गर्न सफल भएको बानाले यस वर्ष पनि उक्त प्रतियोगीतालाई निरन्तरता दिएको छ ।  अमेरिका भित्र बसोबास गर्ने नेपालीहरू बिच सद्भभाब एवम् खेलकुद विकासको उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको थियो ।

IMG_3839-900x600

साथै साथमा उत्कृष्ट खेलाडी र अनुशासित खेलाडीलाई समेत पदक तथा प्रमाणपत्र प्रदान गरिएको छ ।  विजेता टोलीले ६ हजार डलर नगद ,पदक तथा प्रमाणपत्रको साथै उप विजेता टोलीले ३ हजार ५ सय डलर प्राप्त गरेका छन् ।

विगत वर्षमा आयोजना गरिएको जेसप मेरिल्यान्डमा प्रतियोगिताको आयोजना गरिएको थियो । चौथो बाना कप भलिबल प्रतियोगिताको लागि कुल १२ वटा खेल टोलीले सहभागिता जनाएका थिए  भने महिला तर्फ २ खेल टोली रहेका थिए । महिलाको खेल मैत्रीपूर्ण खेलाइएको प्रतियोगिताका संयोजक भीम केसीले ईनेप्लिजलाई बताए । बानाका सचिव हिरा खत्री लगायतले खेल सफलता बनाउन अहोरात्र खटिई ठुलो मेहनत गरेका थिए ।

अध्यक्ष पन्तले आगामी वर्षहरूमा पनि यसलाई निरन्तरता दिने बताए  । प्रतियोगिताका द्वितीय विजेताका खेलाडीहरूलाई पुरस्कार वितरण कुल मणि आचार्य, जनक पौडेल, किरण पण्डित र गोविन्द सापकोटाले वितरण गरेका थिए ।  उद्घाटन र समापन समारोहमा महासचिव सागर घिमिरेले कार्यक्रम सञ्चालन गरेका थिए ।

IMG_3804-900x600

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजय थापा
विजय थापा

थापा रातोपाटीका अमेरिका प्रतिनिधि हुन् । 

लेखकबाट थप