बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

नेपाली मूलका चित्रकार राजेन्द्र केसीको ग्लस्टर कला उत्सवमा उत्कृष्ट  प्रदर्शन

मङ्गलबार, २९ जेठ २०८१, ०७ : ३४
मङ्गलबार, २९ जेठ २०८१

अमेरिका । अमेरिकाको डिसी महानगर क्षेत्रमा करिब एक डेढ दशक समय देखि बस्दै आएका चित्रकार राजेन्द्र केसी ग्लस्टर कला उत्सवमा उत्कृष्ट कला प्रदर्शन गर्न सफल भएका छन् । ३६ जना विदेशी कलाकारहरूमा उनी एक मात्र नेपाली उक्त ग्लस्टर आर्ट्स फेस्टिभल प्रतियोगितामा सहभागी हुने भाग्यशाली नेपाली हुन् ।

अमेरिकाको भर्जिनिया राज्यको ग्लस्टर काउन्टीमा गत मे ३१ देखि जुन ९ सम्म चलेको कला उत्सवमा उनले नेपाल र नेपालीको पहिचान गराउन सफल भएका छन् । १० दिन सम्म उक्त काउन्टी मै रही उनलाई अतिथिको रुपमा रातो गलैँचा (रेड कार्पेट)लगायत विभिन्न स्थानमा भ्रमण समेत गराइएको उनले बताए । उनले जीवनमा पहिलो पटक रातो गलैँचामा हिँड्ने अवसर पाएको र उनले बनाएको एक चित्रलाई उत्कृष्ट प्रकाशको प्रयोग भन्दै सम्मान गरिएको छ । केसीले त्यहाँ पनि दृश्य चित्र बनाएका थिए ।

उक्त उत्सवमा अमेरिका भरिका प्रख्यात ३६ जना चित्रकारहरू मध्ये उनी छनौट भएका थिए । उक्त प्रतियोगिताको लागि आमन्त्रित कलाकारहरूको मात्र सहभागितामा आफू पनि एक भाग्यशाली कलाकार भित्र परेकोमा हर्ष व्यक्त गरे । साथै उनले ३ दर्जन मास्टर आर्टिस्ट अर्थात् प्रसिद्ध कलाकारहरूसँग कार्यशाला गर्न पाइएकोमा निकै गौरव लागेको बताए ।

काठमाडौँ जावलाखेल घर भई भर्जिनियाको फल्स चर्चमा बस्दै आएका कलाकार केसीले विगतमा पनि थुप्रै पुरस्कारहरू हात पारि सकेका छन् । सन् १९९६ देखि नै व्यावसायिक चित्रकारिता पेसामा संलग्न भएका केसी अमेरिकामा जम्दै छन् ।

अमेरिकाका स्थानीय विदेशी कलाकारहरूसँग हातेमालो गरे पछि आफू पनि विदेशीसँग अगाडी बढ्न मार्ग खुलेको उनले बताए । 

raj 1

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजय थापा
विजय थापा

थापा रातोपाटीका अमेरिका प्रतिनिधि हुन् । 

लेखकबाट थप