बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

कार्यक्रमस्थलमा बेहोस भएर ढले लेखा अधिकृत, उपचारका क्रममा मृत्यु

मङ्गलबार, २९ जेठ २०८१, १५ : २९
मङ्गलबार, २९ जेठ २०८१

 सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाका लेखा अधिकृत हरिबहादुर क्षेत्रीको मृत्यु भएको छ । उनको हृदयाघातका कारण मृत्यु भएको कर्णाली प्रदेश अस्पताल सुर्खेतका चिकित्सकहरूले बताएका छन् । 

मंगलबार बिहान उनी वीरेन्द्रनगरस्थित बुलबुले उद्यानमा भएको कार्यक्रमकै बिचमा बेहोस भएर ढलेका थिए ।  बुलबुले उद्यानमा डुङ्गा सञ्चालन कार्यक्रमको उद्घाटन थियो ।  उक्त कार्यक्रमको उद्घोषण उनले नै गरिरहेका थिए ।

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल सहभागी उक्त कार्यक्रम समापन पश्चात क्षेत्री त्यहीँ नै बेहोस भएका थिए ।

त्यसपछि तत्काल उपचारका लागि उनलाई प्रदेश अस्पतालमा लगियो । उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

क्षेत्री वीरेन्द्रनगर नगरपालिकामा ०७४ साउनयता कार्यरत थिए । स्थानीय निजामती कर्मचारीमा समायोजन भएपछि उनी वीरेन्द्रनगरमा आएका थिए । पर्वतको कुस्मा जन्मघर भई हाल वीरेन्द्रनगर नगरपालिका–७, इत्राम घर भएका ५२ वर्षीय केसी नेपाल निजामती कर्मचारी युनियनको केन्द्रीय सदस्य समेत भइसकेका व्यक्ति हुन् ।

  डाक्टरहरूका अनुसार उनको अक्सिजनको लेभलमा सुधार नहुँदा मृत्यु भयो । उनको शव अस्पतालको शव गृहमा राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप