बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

कश्यप पौडेलको कथा संग्रह ‘आरनको आगो’ बजारमा

मङ्गलबार, २९ जेठ २०८१, १७ : १०
मङ्गलबार, २९ जेठ २०८१

काठमाडौँ। कश्यप प्रसाद पौडेलद्वारा लिखित दोस्रो कथा सङ्ग्रह ‘आरनको आगो’ बजारमा आएको छ । पौडेलको पहिलो कथा संग्रह ‘डायनकी छोरी’ ले चर्चा पाएपछि दोस्रो कृतिको रूपमा आरनको आगोमा प्रकाशनमा ल्याएका हुन् ।

कथा संग्रहमा २१ वटा कथा समेटिएका छन् । कथाका पाठक तथा पारखीहरुका लागि यी कथाहरु पठनीयसँगै अधिकांश कथाहरूले ग्रामीण परिवेशलाई छर्लंग पारेको पौडेलको भनाइ छ ।

कथाकार पौडेलको लेखनले समाजका समग्र वस्तुस्थितिलालाई यथासक्य चित्रण गर्ने प्रयास गरेको छ । विकृति विसंगतिविरुद्ध कडा प्रहारसँगै लोप हुन लागेका परम्पराबारे वर्तमान तथा भावि पुस्तालाई पनि जानकारीमूलक रहोस् भन्ने ध्येयले कथाको रचना आफैं महत्वपूर्ण कृतिका रुपमा रहेको उनको भनाइ छ ।

सीतादेवी पौडेलद्वारा प्रकाशित, क्रियटिभ वर्क डट नेपाल प्रा.लि.द्वारा मुद्रित २ सय ८४ पृष्ठको ‘आरनको आगो’ कथा सङ्ग्रहको मूल्य ४०० रूपैयाँ राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप