उपेन्द्र यादवको राजनीतिक प्रतिवेदन पारित
मङ्गलबार, २९ जेठ २०८१, १८ : १०

जनकपुर । जनकपुरमा जारी जनता समाजवादी पार्टी (जसपा) नेपालको बन्द सत्रमा पार्टी अध्यक्ष उपेन्द्र यादवले पेस गरेको राजनीतिक प्रतिवेदन पारित भएको छ ।
दोस्रो दिन बिहान १० बजेदेखि सुरु भएको बन्द सत्रमा पार्टी अध्यक्ष यादवले ३१ पन्ने राजनीतिक प्रतिवेदन पेस गरेका थिए ।
८ घण्टाको बहसपछि प्रतिनिधिहरूले सुझावसहित अध्यक्षले पेस गरेको राजनीतिक प्रतिवेदन पारित गरेको जसपा नेपालका प्रवक्ता मनिष सुमनले बताए ।
एकताको राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा अध्यक्षले पेस गरेको प्रतिवेदनमाथि छलफल गर्न प्रतिनिधिहरूलाई १० समूहमा विभाजन गरिएको थियो ।
त्यसपछि सबै समूहले अध्यक्षको प्रतिवेदनमाथि गहनरुपमा छलफल गरेर आफ्नो सुझावसहित पारित गरेको प्रवक्ता सुमन बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : रघु जी पन्त शिक्षामन्त्री नियुक्तदेखि सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिनेसम्म
-
विशेष बुलेटिन जारी : तराईका धेरै स्थानमा अत्यधिक गर्मीको सम्भावना
-
‘राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५’ का उत्कृष्ट मनोनयन सार्वजनिक
-
काश्मिरमा मारिएका सुदीपको शव आजै नेपाल ल्याइने
-
सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिने
-
लोकतान्त्रिक महिला संघको संयोजकमा निर्जला राउत