बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

मावली घरबाट चार महिनाअघि हराएका निर्भीकको अवस्था अझै अज्ञात

मङ्गलबार, २९ जेठ २०८१, १८ : २६
मङ्गलबार, २९ जेठ २०८१

काठमाडौँ । सुनसरी जिल्ला, धरान उपमहानगरपालिका–८ का गोविन्द तामाङले आफ्नो हराइरहेको नाति निर्भीक तामाङको खोजी गरिदिन आग्रह गरेका छन् । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमार्फत उनले आफ्नो ६ वर्षीय नातिको खोजी कार्यमा सहयोग गरिदिन आग्रह गरेका हुन् । 

निर्भीक २०८० माघ २२ गते गोविन्द र उनीकी आमा सम्झनासँग मावली घर इलाम जिल्लाको रोङ्गे गाउँपालिका दुधेखोला आएका थिए । सानीआमाको विवाहमा आएका निर्भीक गत माघ २५ गतेदेखि बेपत्ता छन् । 

गोविन्दको भनाइअनुसार मावली घरको  हजुरआमा पर्ने दिलमाया तामाङले निर्भीकलाई लिएर गएकी थिइन् । निर्भीकलाई लिएर गएकी दिलमाया एक्लै फर्किएको र उनको अवस्था अहिलेसम्म अज्ञात रहेको गोविन्दले बताए । 

दिलमायालाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएर अनुसन्धान गरी छाडेको छ । गोविन्दले आफ्नो नातिलाई जसले लगेको भए पनि आफ्नै बच्चा जसरी राखिदिन आग्रह गरे । 

उनले भने, ‘कसैले त्यो बच्चालाई लगेको छ भने ल्याइदिनुहोला । गलत तरिकाले लगेको भए पनि तपाईँहरूले त्यसलाई राम्रोसँग खानपिन गराएर राखिदिनु होला । त्यो खर्च भएको हामी पछि दिनेछौँ ।’ गोविन्दले आफ्नो नाति निर्भीकको खोजी कार्यमा सहयोग गरिदिन सरोकारवालाहरूसँग अपिल गरे । 

धरान उपमहानगरपालिका–८ का वडा अध्यक्ष धनबहादुर राईले पनि बालक खोजी कार्यमा सहयोग गरिदिन आग्रह गरे । उक्त घटनाले विगत चार महिनादेखि वडावासीलाई नै दुःखी बनाएको प्रतिक्रिया दिए । आफूहरूले  निर्भीकको खोजी कार्यमा उनको परिवारलाई सक्दो सहयोग गरेको पनि उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप