बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

गण्डकी सरकारले बाँदर धपाउन कृषि हेरालो नियुक्त गर्ने

मङ्गलबार, २९ जेठ २०८१, १९ : १२
मङ्गलबार, २९ जेठ २०८१

पोखरा । गण्डकी प्रदेश सरकारले आगामी वर्ष बाँदर धपाउनका लागि कृषि हेरालो राख्ने भएको छ । किसानहरू बाँदरका कारण खेती थन्क्याउन नपाउने अवस्थामा पुगेका भन्दै सरकारले कृषि हेरालोको व्यवस्था गर्न लागेको हो । 

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख डिल्लीराज भट्टले भने, ‘बाँदरको अतिक्रमणबाट अत्यन्त प्रभावित क्षेत्रमा बालीनालीको संरक्षण गर्न समुदाय, स्थानीय तह र प्रदेश सरकारको साझेदारीमा आवश्यकताका आधारमा कृषि हेरालोको व्यवस्था गरिनेछ ।’

यस्तै, सरकारले आगामी वर्ष ग्राभिटी रोप वे सेवा सञ्चालन गर्ने योजना सुनाएको छ । यातायातको सुविधा नपुगेका ग्रामीण क्षेत्रमा कृषि उपज तथा कृषि सामग्रीको ओसार पसार गर्नका लागि सम्भावनायुक्त ठाउँमा यो सेवा सुरु गर्न लागेको हो । बीमा प्रिमियममा सहुलियत र कृषि कर्जामा व्याज अनुदान कार्यक्रमलाई निरन्तरता दिएको छ ।

माटो परीक्षण तथा मलको गुणस्तर नियमनका लागि मोबाइल माटो अस्पताल सञ्चालन गर्ने घोषणा गरेको छ भने एक वडा एक उत्पादन कार्यक्रम, एक निर्वाचन क्षेत्र एक प्रविधिमैत्री स्मार्ट कृषि फर्मको सञ्चालनको परिकल्पना गरेको छ । यीमध्ये केही कार्यक्रम अघिल्लो वर्ष नै ल्याइएको थियो । तर कार्यान्वयन हुन सकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप