बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

फ्राईडे रिलिज : देशभरका हलमा ‘बाटो: रोड टु डेथ’

शुक्रबार, ३२ जेठ २०८१, २३ : ०४
शुक्रबार, ३२ जेठ २०८१

काठमाडौँ । फ्राईडे रिलिज अन्तर्गत आज शुक्रबारबाट देशभर एकमात्र फिल्म ‘बाटो: रोड टु डेथ’ प्रदर्शनमा आएको छ । एकल प्रदर्शन अवसर पाएको फिल्मले ब्यवसायीक सफलता हात पार्ने अपेक्षा निर्माण युनिटले गरेको छ । 

प्रदर्शन अगाडि बुधबार फिल्मको प्रिमियर भएको थियो । प्रिमियर रुचाइएको फिल्म  बिहीबार नेपालीसहित तमिल, तेलुगु तथा हिन्दी गरी विभिन्न चार भाषामा तयार  भएको हो । फिल्मका लेखक, सम्पादक तथा निर्देशक मदन थापा हुन् । प्रिमियरमा झैँ फिल्मले सार्वजनिक प्रदर्शनबाट पनि दर्शकबाट राम्रो प्रतिक्रिया पाउनेमा आफू ढुक्क रहेको बताए । उनले फिल्म दर्शकको रुचि ध्यानमा राखेर निर्माण भएको सुनाए ।

काठमाडौँ फिल्मसको ब्यानरमा बनेको यो फिल्मका निर्माता चन्दन झा हुन् । फिल्मलाई दक्षिण भारतीय फिल्म उद्योगका छायांकार शरण ऋषिले छायाङ्कन गरेका छन् । फिल्मको लाइन प्रोड्युसरमा शंकर कार्की, प्रकाश हमाल र दिनेश प्रकाश महरा हुन्, भने कार्यकारी निर्मातामा रणधीर कुमार झा, अश्विनी घिमिरे, सदीक्षा महर्जन, नवीन अवाल, आकांक्षा बस्नेत तथा विशाखा विक्रम थापा रहेका छन् । सह निर्माताहरूमा विक्रम चौधरी, आशिम मैनाली, टोनी हरजानी, शालिनी पोद्दार, नम्रता जीआर राउत तथा स्मृति झा छन् ।

सस्पेन्स तथा थ्रिलर जनराको फिल्ममा मिथिला शर्मा, सुलक्षण भारती, रक्षा थापा, उत्पल झा, पशुपति राई, किरण शाही, गणेश उपाध्याय, आभास अधिकारी, राजेन थापा, विजय आनन्द ताम्राकार, आशान्त शर्मालगायत कलाकारको अभिनय छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप