बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

चितवनको सुन पसलबाट ३ किलो सुन र ३५ केजी चाँदी लुटपाट

आइतबार, ०२ असार २०८१, ११ : ००
आइतबार, ०२ असार २०८१

काठमाडौँ । चितवनको कालिका नगरपालिका स्थित सुन पसलबाट ३ किलो सुन र ३५ केजी चाँदी लुटपाट भएको छ । कालिका–६ स्थित विनोद सुनचाँदी पसलबाट सुन र चाँदी लुटपाट भएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले रातोपाटीलाई बताए । 

पसलमा लुटेराले छाडेको ७ सय ७६ ग्राम सुन भेटिएको छ । शनिवार साँझ आएका दुई जना लुटेराले पसलका कर्मचारीलाई नियन्त्रणमा लिएर सुनचाँदी लुटेर भागेका हुन् । 

लुटमा संलग्न आशङ्कामा ४ जनालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको डीएसपी रिजालले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप