ढल्केबर इनरुवा ४०० केभी प्रसारण लाइन परीक्षण गरिँदै

काठमाडौँ । नेपाल सरकार र विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माण सम्पन्न ४०० केभी क्षमताको प्रसारण लाइन सञ्चालनमा आउने भएको छ । नेपाल विद्युत् प्राधिकरणले आजदेखि सो प्रसारण लाइनलाई सञ्चालनमा ल्याउने भएको हो ।
प्राधिकरणले एक सूचना जारी गर्दै नेपाल भारत विद्युत् प्रसारण तथा व्यापार आयोजनाले निर्माण गरेको यो प्रसारण लाइन आजदेखि सञ्चालनमा ल्याउने जनाएको हो । यसका लागि प्रसारण लाइनका कुनै पनि टावरमा नचढ्न र तार नछुन सूचना जारी गरिएको हो ।
प्राधिकरणले आज यो प्रसारण लाइनमा परीक्षण गर्दैछ । यसपछि सञ्चालनमा आउने भएकाले प्रसारण लाइनका आसपासमा बस्दै आएका सर्वसाधारणलाई जानकारी दिन सो सूचना जारी गरेको प्राधिकरणले जानकारी दिएको छ ।
यो प्रसारण लाइनको रुट ५ जिल्लामा पर्छ । धनुषा, सिरहा, सप्तरी, उदयपुर र सुनसरी जिल्लाका प्रभावित क्षेत्रका बासिन्दाका लागि यो सूचना जारी गरिएको प्राधिकरणले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँफिकोटका प्रमुख प्रशासकीय अधिकृतसहित चार जनाविरूद्ध भ्रष्टाचार मुद्दा
-
सुजित केसीलाई रिहा गर्न सर्वोच्चको आदेश
-
गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई अख्तियारको नियन्त्रणमा
-
गृह मन्त्रालयका सहसचिव अख्तियारको नियन्त्रणमा
-
कांग्रेसले साउनदेखि नयाँ क्रियाशील सदस्यता बाँड्ने
-
विद्यालय कर्मचारी परिषद्ले गर्यो आन्दोलन स्थगित