बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

निर्देशक सुलक्षण भारतीको प्रश्न : ‘बोक्सीको घर’ आखिरमा कसले बनाएको चलचित्र हो ?

आइतबार, ०२ असार २०८१, १३ : ११
आइतबार, ०२ असार २०८१

काठमाडौँ । निर्देशक तथा लेखक सुलक्षण भारतीले फिल्म ‘बोक्सीको घर’ निर्माण युनिटले आफूलाई बेवास्ता गरेको भन्दै आक्रोश पोखेका छन् । उनले सामाजिक सञ्जालमा एकपोष्ट गर्दै फिल्म आफ्नो कृति भएको समेत जनाएका छन् ।

उनले घुमाउरो पारामा लेखेको आक्रोश फिल्मकी निर्मात्री केकी अधिकारीप्रति लक्षित छ । आफू प्राथमिकता नपर्नु भनेको बौद्धिक चोरी भएको उनको भनाई छ । ‘मलाइ जुन माया दर्शकहरूले दिनुभयो । त्यसको लागि हार्दिक आभार व्यक्त गर्न चाहन्छु । तपाईंहरुको  मायाले आज चलचित्र ‘बोक्सीको घर’ ले ५१ औँ दिन मनाउन सफल भएको छ’, उनले अगाडि भनेका छन्– ‘बोक्सीको घरको कार्यक्रम भएको ठाउँमा लेखक र निर्देशकको उपस्थिति नहुनु र वास्ता नगरिनुले के सार्थकता राख्छ ? ।’

उनले ‘बोक्सीको घर’ आखिरमा कसले बनाएको चलचित्र भनेर प्रश्न समेत गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप