बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

नेकपा एसले कास्कीबाट छान्यो २१ जना महाधिवेशन प्रतिनिधि

शुक्रबार, ०७ असार २०८१, १२ : ५९
शुक्रबार, ०७ असार २०८१

पोखरा । नेकपा एकीकृत समाजवादीले १० औँ महाधिवेशनका लागि कास्कीबाट २१ जना महाधिवेशन प्रतिनिधि छनोट गरेको छ । कास्कीमा ३ वटा सङ्घीय निर्वाचन क्षेत्रबाट २० जना र मजदुर फाँटबाट १ जना गरी २१ जना प्रतिनिधि सर्वसम्मत रूपमा चयन भएका हुन् । 

महाधिवेशन असार १६ गतेदेखि २० गते सम्म काठमाडौँमा हुनेछ ।  क्षेत्र नम्बर १ बाट खुला ६ जना, महिला २ जना, उत्पीडित क्षेत्रबाट १ गरी ९ जना छनोट भएका छन् ।

क्षेत्र नम्बर २ बाट खुला ४ जना, महिला २ र उत्पीडित १ गरी ७ जना तथा क्षेत्र नम्बर ३ बाट खुला ३ जना र  महिला १  गरी ४ जना छनोट भएका हुन् । केन्द्रीय कमिटी र केन्द्रीय निकायका सदस्यहरू स्वतः प्रतिनिधि हुने भएकाले कास्कीबाट स्थायी कमिटी सदस्यहरू तुलबहादुर गुरुङ र शारदाप्रसाद सुवेदी, पोलिटब्युरो सदस्य श्रीनाथ बराल, केन्द्रीय सदस्यहरू धनराज आचार्य, कृष्ण नेपाली, रत्ना गुरुङ र गजकुमारी गुरुङ तथा केन्द्रीय निकायका विजयबाबु वनवासी र मदनकाजी श्रेष्ठ समेत गरी ९ जना रहेका छन् ।

महाधिवेशनका लागि देशभरिबाट १ हजार ८ सयभन्दा बढी प्रतिनिधि सहभागी हुनेछन् । गण्डकीका बाँकी १० जिल्लाबाट पनि प्रतिनिधि चयन भैसकेका एकीकृत समाजवादीका गण्डकी अध्यक्ष श्रीनाथ बरालले जानकारी दिए । उनका अनुसार ११ वटै जिल्लाबाट ७५ जना प्रतिनिधि सर्वसम्मत रूपमा चयन भएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप