केएल दुगड समुहले ल्यायो ज्ञान चामलको पिठो
बुधबार, १९ वैशाख २०७५, १७ : ३८
काठमाडौं । के एल दूगड समूहको ज्ञान ब्राण्डले नयाँ उत्पादन चामलको पिठो नेपाली बजारमा ल्याएको छ ।
के एल दुगड ग्रुपले गहुँ, मकैको पिठोसमेत लामो समयदेखि नेपाली बजारमा उत्पादन गर्दै आएको छ । ज्ञान चामलको पिठो मुख्य डिपार्टमेन्ट स्टोरहरुका साथसाथै स्थानीय किराना पसलहरुमा ५ केजी र २ केजीको प्याकमा उपलब्ध रहेको दूगडले जनाएको छ । ज्ञान चामलको पिठो कृषि फार्महरुबाट छानेर ल्याईएको धानलाई उच्च कोटिको उत्पादन यूनिटमा प्रोसेसिङ् गरेर तयार पारिएको दूगडले जनाएको छ । खाद्य प्रविधिका अनुभवी र दक्ष विशेषज्ञहरुले विभिन्न तरिकाले यसको स्वाद र गुणस्तरको मापन परिक्षण गरि उपभोगको लागि योग्य रहेको ठाहराएको दूगड समूहको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरदैलोमै एकीकृत सेवा पाउँदा स्थानीय खुसी
-
टर्कीको एक उड्डयन कम्पनीमा आक्रमण हुँदा कम्तीमा पाँच जनाको मृत्यु
-
जुम्लाबाट एक वर्षमा चार हजारले लिए नागरिकता
-
विदेशी मुद्राको विनिमय दर : आज कुनको मूल्य कति ?
-
कालीगण्डकी जलविद्युत् : लागत दुई खर्ब २४ अर्बभन्दा बढी
-
बिगो निर्धारण निर्देशिकामा व्यक्तिको सङ्लग्नताका आधारमा मात्रै आरोपीमाथि बिगो तोक्ने व्यवस्था गर्न सुझाव