बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

नेपाल-अफ्रिका फिल्म फेस्टिभल सम्पन्न, जुरी अवार्डबाट प्रभात सम्मानित

मङ्गलबार, ११ असार २०८१, ०७ : ५८
मङ्गलबार, ११ असार २०८१

काठमाडौँ । नेपाल अफ्रिका फिल्म महोत्सव 'नाफ'मा अभिनय मार्फत सर्वोत्कृष्ट जुरी अवार्ड प्रभात पाल ठकुरीले प्राप्त गरेका छन् । सिनेमा 'सरी मम' मार्फत उनले उत्कृष्ट अवार्ड प्राप्त गरेका हुन् ।

हलमा सामान्य व्यवसाय गरेको सिनेमा हेर्ने दर्शकले प्रभातको अभिनयको भने तारिफ गरेका थिए । केही सिनेमा र दर्जनौँ म्युजिक भिडियोमा अभिनय गरेका प्रभातलाई सम्भावना बोकेका नायकको रूपमा लिने गरिएको छ । 

अवार्ड ग्रहण गर्दै गर्दा प्रभातले भने, 'म यो विशाल उद्योगमा सिक्ने र नवोदित छु । मलाई हाम्रा वरिष्ठ सिनेकर्मीहरुबाट उत्तम मार्गदर्शन र समर्थनको आवश्यकता छ। सिक्न र प्राप्त गर्न धेरै कुरा छन्, र म पुनः उत्कृष्ट प्रयास गर्नेछु।'

नेपाल र अफ्रिकाबिचको सिनेमा र सांस्कृतिक आदान-प्रदानको रूपमा यो अवार्ड आयोजना गरिएको हो । काठमाडौँमा आयोजित महोत्सवमा दुवै महादेशका विविध सिनेमाहरू प्रस्तुत गरिएको थियो । महोत्सवमा सिनेमा देखाइनुको साथै प्यानल छलफल र कार्यशालाहरू समावेश गरिएको थियो । महोत्सवमा विश्वभरका सिनेकर्मी, कलाकार र सिनेमाप्रेमीहरूले सहभागिता जनाएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप