बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सम्पन्न

मङ्गलबार, ११ असार २०८१, ०८ : ३९
मङ्गलबार, ११ असार २०८१

काठमाडौँ । नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको सातौँ संस्करण सम्पन्न भएको छ । चार दिनसम्म मेरिल्यान्ड राज्यको सिल्भर स्प्रिङस्थित एएफआई सिल्भर थिएटरमा सञ्चालन भएको महोत्सवको उद्घाटन नवीन सुब्बा निर्देशित चलचित्र ‘गाउँ आएको बाटो’ देखाइएको थियो । फिडेल देवकोटा निर्देशित चलचित्र ‘द रेड सुटकेस’ प्रदर्शनसँगै समापन भएको महोत्सवको अन्तिम दिन विभिन्न चलचित्रलाई पुरस्कृत गरिएको थियो ।

महोत्सवमा नेपाल, अमेरिका, इरान , जर्मनी , पाकिस्तानलगायत ११  देशका फिचर फिल्म, वृत्तचित्र, छोटा चलचित्र र एनिमेसन गरी ३५ चलचित्रहरू प्रदर्शन गरिएको थियो ।

महोत्सवको निर्णायक मण्डलको संयोजकमा नेपाली निर्देशक दीपक रौनियार र सदस्यमा नीना स्ट्रेइच, रेविका बस्तामेन्टी, माइकल ब्राउन, ल्यारी एंगेल थिए । समापन समारोहमा निर्देशक नवीन सुब्बा र अभिनेता दयाहाङ राई उपस्थित थिए ।

निर्देशक सुब्बाले नेपाली चलचित्रको  अन्तर्राष्ट्रियकरणमा यस्तो चलचित्र महोत्सव महत्त्वपूर्ण हुने बताए । ‘यो फिल्म फेस्टिभलले नेपाली चलचित्रको अन्तर्राष्ट्रियकरणमा ठुलो भूमिका खेलिरहेको छ । तपाईँहरूले अमेरिकामा फेस्टिभल आयोजना गरेर नेपाली चलचित्रको अन्तर्राष्ट्रियकरण जुन योगदान पुर्याइ रहनु भएको छ त्यसको लागि धेरै अनुग्रहित छौँ’, उनले  उनले भने, ‘म यहाँहरू बधाई र धन्यवाद भन्न चाहन्छु । तपाईँहरूले फेस्टिभल आयोजना गरेर नेपाली चलचित्रको अन्तर्राष्ट्रियकरण जुन योगदान पुर्याई रहनु भएको छ, त्यसको  लागि म धेरै अनुग्रहित छौँ । म फेस्टिभलमा सहभागी दर्शकहरूलाई पनि धन्यवाद दिन चाहन्छौं । तपाईँहरूले फेस्टिभललाई जसरी माया गरिरहनु भएको छ यसले नेपालीप्रति हेर्ने दृष्टिकोणमा रूपान्तरण गर्न सहयोग पुगिरहेको छ ।’

उनले महोत्सवले नयाँ चलचित्र निर्देशक, निर्माता र कलाकारहरूलाई पनि विकास गरिरहेको उनले बताए । ‘यस वर्ष फेस्टिभलमा युवा चलचित्रकर्मीहरुको उपस्थिति बढेको देखेको छु । यसले पक्कै पनि फेस्टिभलको विकास हुँदै गएको देखाउँछ । भविष्यमा हाम्रो कथा, डायस्पोरामा रहेका नेपालीहरूको कथाहरू सर्वव्यापी हुन फेस्टिभलले ठुलो अर्थ राख्छ भन्ने मैले बुझेको छु’, उनले भने ।

 

अभिनेता राईले आफ्नो अघिल्लो चलचित्र ‘सेतो सूर्य’देखि नै महोत्सवमा निरन्तरता पाएको बताए । उनले आफू सकेसम्म नियमितरुपमा फेस्टिभलमा सहभागी हुने जनाए ।

आयोजक संस्था नेपाल अमेरिका फिल्म सोसाइटीका अध्यक्ष पूर्णसिंह बराइलीले महोत्सव सातौँ संस्करण उत्साहजनक रूपमा सम्पन्न भएको बताए ।

विजेताको सूची :

वेस्ट स्टुडेन्ट फिल्म : अवशेष (रेमन्यान्ट्स)

जुरी अवार्ड : मम्

इम्पावर्डमेन्ट अवार्ड : वखरी, पाकिस्तान

डीएमभी क्लोजअप :मेरा दादु (माई ग्रान्डपा)

डकुमेन्ट्री : अडिएन्स च्वाइस– नो मोनास्ट्री नो भिलेज

उत्कृष्ट फिचर डकुमेन्ट्री : नो विन्टर होलिडेज

सर्ट फिल्म : वेस्ट सर्ट न्यारेटिभ : सनई

वेस्ट सट् इन्टरनेसनल : न्यान्गा

नेपाली पानोरमा : धे ड्रीम्स

इन्टरनेश्नल फिचर तर्फ वेस्ट : न्यारेटिभ इन्टरनेसनल : प्रभिन (इरान)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप