बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

क्लासिक ह्वील्सले ग्यारोको लागि गर्‍यो विशेष कार्यक्रम

मङ्गलबार, ११ असार २०८१, २१ : ३१
मङ्गलबार, ११ असार २०८१

काठमाडौँ । क्लासिक ह्वील्स एक्सपोर्ट एण्ड इम्पोर्टले वर्नबास मिउजियम होटेलमा विशेष कार्यक्रमको आयोजना गरेका छ । त्यसमा मिडिया र प्रभावशाली इन्फ्लुएन्सरहरूलाई नयाँ परियोजनाहरूको अनावरण र नयाँ ब्रान्ड ग्यारोको सफलताहरूको उत्सव मनाउनका लागि बोलाइएको थियो ।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा इन्फ्लुएन्सर च्यालेन्जको सुरुवात रहेको र त्यो चाँडै नै सुरु हुने कम्पनीले जनाएको छ । नेपालभरिका प्रभावशाली व्यक्तिहरूले ग्यारोको विशेषता र प्रदर्शनलाई देखाउने रचनात्मक भिडियो तयार गरेर प्रतिस्पर्धा गर्ने जनाइएको छ । यस च्यालेन्जमा रचनात्मकता, पहुँच र संलग्नताको आधारमा विभिन्न पुरस्कारहरू राखिएका छन् ।

यस्तै ग्यारोले ग्यारो जिमखाना सुरु गर्ने घोषणा गरेको छ । जिमखाना इभेन्टहरूमा चालकहरूले जटिल बाधा पुर्याउन र गति, चपलता र कौशललाई परीक्षण गर्ने प्रतियोगिताहरू समावेश रहेको ग्यारोले जनाएको छ ।  

ग्यारोले नेपालको विभिन्न स्थानमा सेवा केन्द्रहरूको विस्तार गर्ने योजना पनि बनाएको छ । कम्पनीले सञ्जालभरी सेवा केन्द्रहरू स्थापना गर्ने लक्ष्य राखेको छ ।  

प्रमुख प्रभावशाली व इन्फ्लुएन्सर र मोटोभ्लगरहरू राम बिक्रम थापा (ट्विन्सराइडर भ्लग्स), नेशाङ श्रेष्ठ, र बिशेष रेग्मी खत्रीले  ग्यारो रेन्ज टेस्टको अनुभवहरू साझा गरेका थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप