बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

पोखरामा टीभीएसको नयाँ शोरूम

बुधबार, २६ असार २०८१, २१ : ०४
बुधबार, २६ असार २०८१

पोखरा । स्क्वायर मोटर्स प्राइवेट लिमिटेडले पोखरामा आफ्नो नयाँ टीभीएस शोरूम उद्घाटन गरेको छ । महानगर प्रमुख धनराज आचार्यले बुधबार रिबन काटेर शोरुमको उद्घाटन गरेका हुन् ।  

स्क्वायर मोटर्सको नयाँ शोरूमले स्थानीय समुदायको मोटरबाइक र स्कुटर आवश्यकताहरू पूरा गर्ने उद्देश्य राखेको छ, जसमा विभिन्न  टीभीएस मोडेलहरू उपलब्ध गराइनेछ । त्यति मात्र नभई टीभीएस सवारी साधनहरूको प्रदर्शनसँगै, शोरूमले स्पेयर पार्ट्स र सवारी साधन मर्मतसम्भार सहित व्यापक सेवाहरू प्रदान गर्नेछ ।

पोखरामा टीभीएस उत्साहीहरूलाई उच्च स्तरका उत्पादन र सेवाहरू उपलब्ध  गराउने प्रतिबद्धता स्क्वायर मोटर्सका सञ्चालकहरू बिनोज पोते र आदर्शमान श्रेष्ठले जनाएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप