उच्च शिक्षा ऐन र प्रतिष्ठानहरूको एकीकृत ऐनको मस्यौदा तयार गर्दैछौँ : मन्त्री भट्टराई
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले ख्वप विश्वविद्यालय विधेयक संसदमा दर्ता हुने चरणमा रहेको बताएकी छिन् ।
आइतबारको प्रतिनिधि सभा बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएकी हुन् ।
मन्त्री भट्टराईले तिलगंगा विश्वविद्यालय विधेयक सरकारले फिर्ता लिएको हो कि भन्ने प्रश्न आएको भन्दै संसदमा दर्ता भइसकेको जानकारी दिइन् । उनले विश्वविद्यालय सञ्चालनमा देखिएका व्यवहारिक पक्षहरू आज विश्वविद्यालय भित्र अवरोधको रूपमा देखिएको भन्दै आगामी दिनमा भोग्न नपर्ने गरी शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको नीति निर्माण गर्ने बताइन् । उनले उच्च शिक्षा ऐन र प्रतिष्ठानहरूको एकीकृत ऐन मन्त्रालयले मस्यौदा तयार गरिरहेको पनि बताइन् ।
मन्त्री भट्टराईले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० लाई परिष्कृत गर्न मन्त्रालयले अझै आवश्यक काम गर्ने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण