शिक्षामन्त्री भट्टराई र अमेरिकी राजदूतबिच भेटवार्ता
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई र नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसनबिच भेटवार्ता भएको छ। भेटको क्रममा नेपाल र अमेरिकाबिच शिक्षा क्षेत्रमा द्विपक्षीय सहयोग आदानप्रदानका बारेमा छलफल भएको थियो ।
सो अवसरमा मन्त्री भट्टराइले नेपालको शिक्षासहित विभिन्न क्षेत्रमा अमेरिकाले पुर्याएको योगदानका लागि धन्यवाद दिइन्। आगामी दिनमा सरकारले लिएको सुखी नेपाली समृद्ध नेपालको सपना साकार पार्न निरन्तर सहयोगको अपेक्षा रहेको मन्त्री भट्टराईको भनाइ थियो।
नेपाली शिक्षाको क्षेत्रमा अमेरिकी सरकारको प्रेरणादायी सहयोगले विकासको फड्को मार्न सहयोगी भूमिका रहने मन्त्री भट्टराईको भनाइ थियो।
राजदूत थोम्पसनले नेपाल र अमेरिकाबिचको दशकौं पुरानो सम्बन्धलाई थप मजबुत बनाउँदै विकासमा योगदान दिन तत्पर रहेको बताएका थिए । दुई देशबिच सहकार्यका थप अवसर खोजिने समेत राजदूत थोम्पसनको भनाइ थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण