शिक्षामन्त्री भट्टराई र अमेरिकी राजदूतबिच भेटवार्ता

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई र नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसनबिच भेटवार्ता भएको छ। भेटको क्रममा नेपाल र अमेरिकाबिच शिक्षा क्षेत्रमा द्विपक्षीय सहयोग आदानप्रदानका बारेमा छलफल भएको थियो ।
सो अवसरमा मन्त्री भट्टराइले नेपालको शिक्षासहित विभिन्न क्षेत्रमा अमेरिकाले पुर्याएको योगदानका लागि धन्यवाद दिइन्। आगामी दिनमा सरकारले लिएको सुखी नेपाली समृद्ध नेपालको सपना साकार पार्न निरन्तर सहयोगको अपेक्षा रहेको मन्त्री भट्टराईको भनाइ थियो।
नेपाली शिक्षाको क्षेत्रमा अमेरिकी सरकारको प्रेरणादायी सहयोगले विकासको फड्को मार्न सहयोगी भूमिका रहने मन्त्री भट्टराईको भनाइ थियो।
राजदूत थोम्पसनले नेपाल र अमेरिकाबिचको दशकौं पुरानो सम्बन्धलाई थप मजबुत बनाउँदै विकासमा योगदान दिन तत्पर रहेको बताएका थिए । दुई देशबिच सहकार्यका थप अवसर खोजिने समेत राजदूत थोम्पसनको भनाइ थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: नागार्जुनका मेयर दोषी ठहर, ग्वार्काे ओभरपास सञ्चालनमा
-
गैँडाकोटले घरेलु मदिरालाई व्यावसायीकरण गर्ने
-
आयोजक स्कटल्यान्डलाई त्रिकोणात्मक सिरिज, नेपाल पराजित
-
अख्तियारद्वारा दुई कर्मचारी पक्राउ, थप दुई कर्मचारीको मोबाइल बरामद
-
एसएसपीले गरे ग्वार्को ओभरपासको उद्घाटन, ओलीले ताली पड्काए (भिडियोसहित)
-
राजावादीको आन्दोलन मत्थर भएपछि काठमाडौँको निषेधाज्ञा फिर्ता