निःशुल्क शिक्षाको पूर्ण कार्यान्वयनका लागि गृहकार्य सुरु : शिक्षामन्त्री

कावासोती । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले निःशुल्क शिक्षाको पूर्ण कार्यान्वयनका लागि गृहकार्य सुरु गरिएको बताएकी छन् । नवलपुरको देवचुलीमा आइतबार आयोजित ‘बालिका अधिकार संरक्षणमा सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले गुणस्तरीय शिक्षाका लागि राज्यको तर्फबाट निःशुल्क शिक्षाको पूर्ण कार्यान्वयनको प्रकृया अघि बढेको बताएकी हुन् ।
बालअधिकार स्थापित गर्न र बालबालिकाको समग्र विकास र संरक्षणमा सरकार प्रतिबद्ध रहेको समेत बताइन । ‘प्याड अभावका कारण विद्यालय शिक्षाबाट वञ्चित हुनबाट रोक्न सरकारले काम गर्नेछ,’ मन्त्री भट्टराइले भनिन् ।
विद्यालयमा खुवाउने गरेको दिवाखाजाको गुणस्तरीयता र पोषणका लागि स्थानीय सरकार, विद्यालय र समुदायसँग मिलेर काम गरिने उनको भनाइ छ । परम्परागत र स्थानीय खाद्य सामग्रीको प्रयोग हुनेगरी दिवाखाजालाई व्यवस्थित, गुणस्तरीय बनाउनुका साथै स्थानीयस्तरको समग्र कृषि प्रणालीलाई सहयोग पुग्ने उनको बताइन् ।
अन्तर्क्रिया कार्यक्रममा गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा बढी स्थानीय तहका महिला जनप्रतिनिधि, नगरप्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र कार्यपालिका सदस्य एवं अन्य सरोकारवालाको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका तीन क्रिकेट खेलाडी सम्मानित
-
१५ औँ राष्ट्रपति रनिङ शिल्डमा पदक विजेता खेलाडी तथा प्रशिक्षक सम्मानित
-
नागार्जुनका मेयर बस्नेत सम्पत्ति शुद्धीकरणको मुद्दामा दोषी ठहर, असार १६ गते सजाय तोकिने
-
आखेटोपहारलाई मानप्रतिष्ठाका रूपमा सङ्कलन र प्रदर्शन गर्नेलाई कारबाही गर्नू : सर्वोच्च अदालत (पूर्णपाठ)
-
टोखामा फ्ल्याटमा बस्थिन् सुन तस्करीमा संलग्न अमला
-
क्रिकेटका हिरो इमरान खानको उत्थानदेखि पतनसम्मको यात्रा