सीटीईभीटीबारे गुनासो भए जानकारी गराउन शिक्षामन्त्रीको अपिल
बिहीबार, २७ भदौ २०८१, १८ : १९

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)बारे कुनै गुनासो भए जानकारी गराउन अपिल गरेकी छन् ।
बिहीबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै मन्त्री भट्टराईले गुनासो भए तत्काल जानकारी दिन अपिल गरेकी हुन् ।
सीटीईभीटीसँग सम्बन्धित सम्बन्धन, परीक्षा प्रमाणपत्र लगायतका काममा कार्यालयका प्रमुख, निर्देशक र कर्मचारीले अनावश्यक दबाब दिएको गुनासो आउने गरेका छन् ।
त्यस्तै काममा ढिलाइ गरेको र लेनदेनसमेत गर्ने गरेको गुनासा आएको भन्दै यदि कोहीकसैबाट यस्तो भएको भए स–प्रमाण मन्त्रालयमा जानकारी गराउन अनुरोध गरेकी हुन् ।
उनले आफ्नो सचिवालयको इमेल ठेगाना [email protected] वा सिधै फोन नम्बर ९८४१५४९४२८, ९८४६२६१५३९, ९८५१३६२८४४, ९८५१३५९७८१ मा फोन गरेर जानकारी समेत आग्रह गरेकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
सुनकोशी क्षेत्रमा बाढीको जोखिम: खोटाङ प्रशासनद्वारा सतर्कता अपनाउन अनुरोध
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर