पाठ्यक्रम परिमार्जनबारे विज्ञहरूसँग छलफल गर्दै शिक्षा मन्त्रालय
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तहको पाठ्यक्रममा व्यापक परिमार्जनको तयारी गरेको छ । त्यसका लागि मन्त्रालयले विज्ञहरूसँग छलफल गर्ने भएको छ । असोजको दोस्रो साता विज्ञहरूसँग छलफल गर्न लागिएको शिक्षामन्त्री विद्या भट्टराईले बताइन् ।
पाठ्यपुस्तक भन्दा पनि पाठ्यक्रमलाई व्यवहारिक बनाउन परिमार्जन गर्नुपर्ने उनको भनाइ छ । त्यसका लागि परिमार्जनको आधार पहिचान गर्न विज्ञहरूसँग छलफल गर्न लागिएको मन्त्री भट्टराईले बताइन् ।
शिक्षा पत्रकार समूहको २५ औँ वार्षिकोत्सवको अवसरमा बोल्दै मन्त्री भट्टराईले पाठ्यक्रम परिमार्जनको लागि केही सर्वेक्षण गरेर तथ्यांक समेत आइसकेको बताइन् । कक्षा १० को मात्र नभई आधारभूत तहदेखि नै परीक्षाको मूल्यांकन व्यवस्थित गर्न पाठ्यक्रम नै परिमार्जन गर्नुपर्ने बताइन् ।
शिक्षा राज्यको दायित्व भनिएको तर त्यसको जिम्मा शिक्षकलाई दिइएको उनको भनाइ छ । त्यसका लागि शिक्षक कस्तो हुने भन्ने केही नभएको उनले बताइन् ।
निःशुल्क तथा अनिवार्य शिक्षा ऐनले निःशुल्क गरे भनेको तर, त्यसको तयारी नै नगरेको उनको भनाइ छ । सरकारले ऐनको जिम्मेवारी नै नलिएको उनले बताइन् । सरकारले विद्यालय शिक्षाको जिम्मा लिनुपर्ने र त्यसका लागि स्थानीय तहको अधिकार खोस्ने नभई सक्षम, समृद्ध बनाउनुपर्ने उनले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण