राहत रकम किसानको खातामा पठाउन सांसद महतोको आग्रह

काठमाडौँ । प्रतिनिधिसभा सांसद वीरेन्द्र महतोले राहत रकम पीडित तथा किसानको खातामै पठाउने व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।
आज बसेको कृषि समितिको बैठकमा बोल्दै उनले दसैँ नजिकिएकोले राहत वितरणमा ढिलाइ नगर्न समेत आग्रह गरे । 'विपत् हरेक वर्ष आएको छ, तर सरकारले पहिले नै राहतको व्यवस्था गर्न कहिल्यै सकेन । अव राहत खोजेर कहिले वितरण गर्ने ? बजेट नभए आकस्मिक बजेट ल्याएर भए पनि तत्काल राहत वितरण गर्नुपर्छ', उनले भने ।
सयौँ हेक्टर बाली भित्राउने बेला बाढीको कारण नष्ट भएको उनले बताए । घर भित्र थन्क्याएको बाली पनि नष्ट भएपछि किसान मर्कामा परेको उनले बताए ।
त्यसैगरी सांसद वीरबहादुर बलायरले मौसमको पूर्वानुमान हुँदा हुँदै ठुलो क्षति भएको भन्दै सरकारले आत्मआलोचना गर्नुपर्ने बताए । साथै पूरक बजेट ल्याएर भए पनि तत्काल राहतको व्यवस्था गर्न उनले सरकारसँग माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड शौचालयमा लडेर सामान्य घाइते
-
आज राष्ट्रिय पत्रकारिता दिवस, प्रधानमन्त्रीले दिए शुभकामना
-
नीति तथा कार्यक्रममाथि आज पनि छलफल हुँदै, राष्ट्रियसभामा प्रधानमन्त्रीले जवाफ दिने
-
सामाजिक सुरक्षा कोष अब अनिवार्य, कसरी हुन्छ कार्यान्वयन ?
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
आईपीएल क्रिकेट : मुम्बईलाई हराउँदै गुजरात शीर्ष स्थानमा