राहत रकम किसानको खातामा पठाउन सांसद महतोको आग्रह
काठमाडौँ । प्रतिनिधिसभा सांसद वीरेन्द्र महतोले राहत रकम पीडित तथा किसानको खातामै पठाउने व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।
आज बसेको कृषि समितिको बैठकमा बोल्दै उनले दसैँ नजिकिएकोले राहत वितरणमा ढिलाइ नगर्न समेत आग्रह गरे । 'विपत् हरेक वर्ष आएको छ, तर सरकारले पहिले नै राहतको व्यवस्था गर्न कहिल्यै सकेन । अव राहत खोजेर कहिले वितरण गर्ने ? बजेट नभए आकस्मिक बजेट ल्याएर भए पनि तत्काल राहत वितरण गर्नुपर्छ', उनले भने ।
सयौँ हेक्टर बाली भित्राउने बेला बाढीको कारण नष्ट भएको उनले बताए । घर भित्र थन्क्याएको बाली पनि नष्ट भएपछि किसान मर्कामा परेको उनले बताए ।
त्यसैगरी सांसद वीरबहादुर बलायरले मौसमको पूर्वानुमान हुँदा हुँदै ठुलो क्षति भएको भन्दै सरकारले आत्मआलोचना गर्नुपर्ने बताए । साथै पूरक बजेट ल्याएर भए पनि तत्काल राहतको व्यवस्था गर्न उनले सरकारसँग माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निको कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेटः एपिएफ र कोशी भिड्दै
-
अर्जेन्टिना शतप्रतिशत जितसहित समूह विजेता, अस्ट्रिया र अल्जेरिया पनि नकआउट चरणमा
-
बेन्चबाट आएर फेरि चम्किए मेसी, विश्वकपमा गोल संख्या १९ पुग्यो
-
मेसीको गोलसँगै अर्जेन्टिना जितनजिक
-
बाढी, पहिरो र मर्मतका कारण अवरुद्ध छन् यी राजमार्ग
-
मेसी मैदान प्रवेश गर्दा डलास स्टेडियम गुञ्जियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण