अर्जेन्टिना शतप्रतिशत जितसहित समूह विजेता, अस्ट्रिया र अल्जेरिया पनि नकआउट चरणमा
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ का खेल सम्पन्न भएका छन्। साविक विजेता अर्जेन्टिनाले जोर्डनलाई ३–१ ले पराजित गर्दै शतप्रतिशत जितसहित समूह विजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेको छ। यता, अल्जेरिया र अस्ट्रियाबीचको रोमाञ्चक खेल ३–३ को बराबरीमा सकिएको छ।
डलास स्टेडियममा भएको खेलमा अर्जेन्टिनाका लागि जियोभानी लो सेल्सोले १९औँ मिनेटमा फ्रिकिकमार्फत पहिलो गोल गरे। त्यसपछि लाउटारो मार्टिनेजले ३१औँ मिनेटमा पेनाल्टीबाट अग्रता दोब्बर बनाए। दोस्रो हाफमा मुसा अल तमारीले जोर्डनका लागि एक गोल फर्काए पनि बेन्चबाट मैदान प्रवेश गरेका कप्तान लियोनेल मेसीले ८०औँ मिनेटमा फ्रिकिकमार्फत गोल गर्दै अर्जेन्टिनाको ३–१ को जित सुनिश्चित गरे। यससँगै मेसीले विश्वकप करिअरको गोल संख्या १९ पुर्याएका छन्।
यता, क्यान्सस सिटी स्टेडियममा अल्जेरिया र अस्ट्रियाबीचको खेल अन्तिम क्षणसम्म रोमाञ्चक बन्यो। अस्ट्रियाका मार्को अर्नाउटोभिच र मार्सेल साबिट्जरले गोल गर्दा अल्जेरियाका रायन बेलघाली र रियाद महरेजले दुई गोल गर्दै टोलीलाई इन्जुरी समयसम्म ३–२ को अग्रता दिलाएका थिए। तर खेलको ९०ं६औँ मिनेटमा वैकल्पिक खेलाडी सासा कालाज्ड्जिचले हेडमार्फत बराबरी गोल गर्दै अस्ट्रियालाई ३–३ को बराबरी दिलाए।
यो नतिजासँगै अर्जेन्टिना समूह विजेता बन्यो भने अस्ट्रिया दोस्रो स्थानमा रहँदै अन्तिम ३२ मा स्पेनसँग भिड्ने भएको छ। अल्जेरियाले उत्कृष्ट पुनरागमनसहित तेस्रो स्थान हासिल गर्दै स्विट्जरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। जोर्डन भने अंकविहीन रहँदै प्रतियोगिताबाट बाहिरिएको छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण