रौतहटमा मनाइयो पशुहरूको पर्व सोहरैया
रौतहट । रौतहटमा पशुहरूको पर्व सहरैया यस वर्ष पनि मनाइएको छ । जिल्लाको पश्चिमी भेगस्थित फतुवा विजयपुर नगरपालिका पेटभरवा गाउँमा किसानहरूले पशु चौपायाहरुको पर्व सोहरैया विशेष रूपले मनाएका हुन् ।
प्रत्येक वर्ष लक्षमीपुजाको भोलिपल्ट मनाइँदै आएको सोहरैया पर्व यस पटक ब्राह्मणको सल्लाह अनुसार शनिबार मनाइएको हो ।
पौराणिक मान्यता अनुसार फतुवा विजयपुर–६ पेटभरवा गाउँका सयौं पशुपालक किसानहरूले हियालोलो भन्दै डाढ बोलाएर सोहरैया पर्व मनाएका छन् ।
यसअवसरमा किसानहरूले गाई, भैँसी, गोरुको सरसफाइ गरी नाथ र डोरी नयाँ फेर्ने गर्दछन् । किसानले खेतमा पाइने सोहराईको बिरुवा ल्याएर बिहान चौरमा रोप्ने गर्दछन् र अपराह्न सोही ठाउँमा गाउँका दुहुनो गाई, भैँसी पाडो जम्मा गर्दछन् । यस्तै कतिपय किसानले पशुलाई त्यहाँ जम्मा गर्नु अघि सोहराईको बिरुवाको रस पशु चौपायालाई
खुवाउने गर्छन् ।
परम्परा अनुसार गाउँ छेउको चौरमा जम्मा भएका गाई भैँसीको बिचमा डोरीले बाँधेर सुँगुरको बच्चा राखिन्छ । सुँगुरको बच्चालाई किसानले घिसार्ने गर्दछन् । सुँगुरलाई घिसारेपछि कराउँछ र त्यो दृश्य देखेर आफ्नै बच्चा सम्झेर गाई, भैँसी पनि कराउँदै भाग्छन् त्यसलाई नै डाढ बोलाउने भनिन्छ ।
पशु चौपाया भाग्ने क्रममा किसान तथा गाउँहरू हियालोलो हियालोलो भन्दै सोहरैया पर्वको आनन्द लिन्छन् । सो अवसरमा कतिपय ठाउँमा गाई, भैँसी र गोरु पनि जुधाउने गरिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज ७५ औँ मदन भण्डारी जयन्ती
-
इन्द्रचोकदेखि विशाल बजारसम्मको सडकमा परम्परागत शैलीका आकर्षक सडकबत्ती जडान (तस्बिरहरू)
-
निको कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेटः एपिएफ र कोशी भिड्दै
-
अर्जेन्टिना शतप्रतिशत जितसहित समूह विजेता, अस्ट्रिया र अल्जेरिया पनि नकआउट चरणमा
-
बेन्चबाट आएर फेरि चम्किए मेसी, विश्वकपमा गोल संख्या १९ पुग्यो
-
मेसीको गोलसँगै अर्जेन्टिना जितनजिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण