कृषि र श्रमलाई सम्मान नगरी मानिस सभ्य बन्न सकिँदैन : शिक्षामन्त्री भट्टराई
काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले विद्यालय तहमा कृषि शिक्षालाई जोड दिई किसान र श्रमलाई सम्मान गर्नुपर्ने बताएकी छन्। शिक्षाको मूल उद्देश्य मिहिनेत गर्न सिकाउनु, सिकेको कुरालाई व्यावहारिक बनाउन निरन्तरता दिनु, सिकाइको प्रयोग गर्न, सिकाइ र यसको प्रयोगका लागि उत्प्रेरणा बढाउनु, समूहमा काम गर्न र श्रमलाई सम्मान गर्नुपर्ने बताएकी हुन्।
मन्त्री भट्टराईले जाइका र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट सञ्चालित स्ट्रेन्थेन एग्रिकल्चर एजुकेसन इन सेकेन्डरी इस्कुल इन नेपालले आयोजना गरेको परियोजनाको अन्तिम मूल्याङ्कन बैठकमा बोल्दै उक्त कुरा बताएकी हुन्।
नेपालमा ६७ प्रतिशत जनता कृषिमा आश्रित रहेको, राष्ट्रिय आयमा कृषिको २४ प्रतिशत हिस्सा रहेको र २०५ विद्यालयमा कृषिको पढाइ भइरहेको अवस्थामा परियोजनामार्फत कृषि प्रवर्धनका लागि भएका कार्यको प्रशंसनीय भएको मन्त्री भट्टराईको भनाइ थियो ।
विद्यार्थी देशका परिवर्तनकर्मी भएकाले शिक्षक र विद्यार्थीले विद्यालयलाई परिवर्तनकारी संस्थाका रूपमा विकास गर्न र खेत र बारीलाई कृषिको प्रयोगशाला बनाई कृषिकर्मी र श्रमलाई सम्मान गर्न आह्वान गरिन्।
समुदाय, विद्यालय र घर नजोडिए शिक्षा अपुरो हुने भएकाले पाठ्यक्रममा आत्मनिर्भर कृषि मात्र होइन व्यावसायिक कृषिका लागि उच्चतम विषयवस्तु समेट्नुपर्छ भन्दै भट्टराईले साना कामबाट ठुलो उन्नति गर्ने जापान र सबै विद्यार्थी सबै क्षेत्रमा सफल हुनुपर्ने भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको बिचारको चर्चा गर्दै विद्यार्थीलाई सिक्नका लागि उत्प्रेरित गर्नुपर्ने बताइन्।
प्रोजेक्टबेस र होम बेस प्रोजेक्ट मार्फत कृषिको आधुनिकीकरण हुनसक्ने भएकाले विद्यार्थीलाई अनुसन्धान कार्यमा सहभागी गराउन पनि आग्रह गरिन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण