शृङ्खलाबद्ध चोरीमा संलग्न किशोर पक्राउ
शनिबार, २९ मङ्सिर २०८१, १९ : २४
काठमाडौँ । रौतहटमा शृङ्खलाबद्ध चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले एक जना किशोरलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौर नगरपालिका–५ बस्ने १७ वर्षीय किशोर रहेका छन् ।
उमेशकुमार साहको ना.२ छ.६६८५ नं. को ई–रिक्सा बाट ब्याट्री कन्ट्रोलर, १८० एएमएचको ब्याट्री र एफएम रेडियो सेट चोरी गरी रहेको अवस्थामा स्थानीय मानिसहरूको सहयोगमा प्रहरीको गस्ती टोलीले ती किशोरलाई नियन्त्रणमा लिएको थियो ।
किशोरसँग सोधपुछ गर्दा उनले गौर नगरपालिका–५ का अशोक साहको घरबाट पानी तान्ने मोटर र सोही नगरपालिकाको ४ नम्बर वडामा डेरा गरी बस्ने टुनटुन कुमार गुप्ताको घरबाट रेन्जर साइकल चोरी गरेको भन्ने खुल्न आएको प्रहरीले जानकारी दिएको छ । उनलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण