विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
सारांश
- विदेश पठाउने बहानामा ठगी गर्ने दुई पक्राउ।
- युवायुवतीलाई प्रलोभनमा पारी ठगी गरेको आरोप।
- करिब २९ लाख ठगी भएको उजुरीमा कारबाही।
काठमाडौँ ।रोजगारीका लागि विदेश पठाउने नाममा रु २९ लाख २० हजार ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि फ्रान्स, जर्जिया, माल्टालगायत देश पठाउने बहानामा लामो समयसम्म झुक्याएर राखी विदेश नपठाई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीका आधारमा प्रहरीले सिन्धुपाल्चोकको साँगाचोकगढी गाउँपालिका–२ की २६ वर्षीया निमा तामाङ तथा महोत्तरीको बर्दिबास नगरपालिका–६ का २४ वर्षीय विवेक साहलाई पक्राउ गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक शरतकुमार थापाक्षेत्रीले जानकारी दिए ।
पक्राउ परेकामध्ये तामाङले फ्रान्स पठाउने भन्दै रु २२ लाख ८५ हजार र साहले जर्जिया र माल्टा पठाउने भन्दै रु ६ लाख ३५ हजार लिएर सम्पर्कविहीन भएका छन् । दुवै जनालाई काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली, पठाइएको प्रवक्ता थापा क्षेत्रीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण