चोरी भएका मोबाइलकै आधारमा स्थानीयवासीले फेला पारे चोर

रौतहट । रौतहटको पश्चिमी भेग फतुवा विजयपुर नगरपालिका–६ का अच्छेलाल साहको घरमा बुधबार राति भएको चोरीमा संलग्न चार जना पक्राउ परेका छन् ।
स्थानीयवासीले नै चोरी भएका मोबाइलको लोकेसन पत्ता लगाएर चोरीमा संलग्न चार जनालाई नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय विजयपुरमा बुझाएका छन् ।
बुधबार राति करिब १२ बजेको समयमा साहको घरमा सुरुङ खनेर घरभित्र रहेका पाँच वटा मोबाइल, गरगहना र नगद २ लाखसहित कुल ५ लाखभन्दा बढीको सामान चोरी भएको थियो ।
गाउँका युवाहरूले चोरी भएको मोबाइलको लोकेसनको आधारमा पछ्याउँदै जाँदा फतुवा गाउँछेउको मठ नजिक चार जनालाई फेला पारेका थिए । उनीहरूको साथबाट चोरी भएको मोबाइल, गरगहना, नगद बरामद भएपछि युवाहरूले इलाका प्रहरी कार्यालय विजयपुरमा बुझाएको स्थानीय राजकिशोर साहले बताए ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी दीपक कुमार रायका अनुसार स्थायी ठेगाना नखुलेका वर्ष ६५ का रामायण नट, वर्ष ६० का लक्ष्मण नट, वर्ष ३५ का मनोज नट र वर्ष ३४ का सुनिल नट पक्राउ परेका हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
आरोपितहरू केही समयदेखि फतुवा विजयपुर–७ फतुवा गाउँ छेउमा त्रिपाल टाँगेर सपरिवार बस्दै आएका थिए । घरका महिला तथा पुरुष दिनभरि गाउँगाउँ घुमेर भिख माग्ने गरेका थिए । चारै जना गाउँ–गाउँमा घुमेर मागेर खाँदै हिँडेका घुमन्ते रहेको स्थानीयले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुख्यमन्त्री शाहद्वारा क्रिकेट टोलीकाे बिदाइ
-
कमल थापा, दिपक सिंहसहित सात जना रिहा
-
धनगढी उपमहानगरपालिकामा २२ गते सार्वजनिक बिदा
-
राजावादी आन्दोलनमा रवीन्द्र र धवलशमशेर ‘गुमनाम’
-
जावलाखेल टू बुङ्मति : १० वर्षपछि रातो मच्छिन्द्रनाथलाई यसरी गरियो विराजमान (तस्बिरहरू)
-
डोटीमा अन्तरपालिकास्तरिय भलिबल प्रतियोगिता सुरू