चोरी भएका मोबाइलकै आधारमा स्थानीयवासीले फेला पारे चोर
रौतहट । रौतहटको पश्चिमी भेग फतुवा विजयपुर नगरपालिका–६ का अच्छेलाल साहको घरमा बुधबार राति भएको चोरीमा संलग्न चार जना पक्राउ परेका छन् ।
स्थानीयवासीले नै चोरी भएका मोबाइलको लोकेसन पत्ता लगाएर चोरीमा संलग्न चार जनालाई नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय विजयपुरमा बुझाएका छन् ।
बुधबार राति करिब १२ बजेको समयमा साहको घरमा सुरुङ खनेर घरभित्र रहेका पाँच वटा मोबाइल, गरगहना र नगद २ लाखसहित कुल ५ लाखभन्दा बढीको सामान चोरी भएको थियो ।
गाउँका युवाहरूले चोरी भएको मोबाइलको लोकेसनको आधारमा पछ्याउँदै जाँदा फतुवा गाउँछेउको मठ नजिक चार जनालाई फेला पारेका थिए । उनीहरूको साथबाट चोरी भएको मोबाइल, गरगहना, नगद बरामद भएपछि युवाहरूले इलाका प्रहरी कार्यालय विजयपुरमा बुझाएको स्थानीय राजकिशोर साहले बताए ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी दीपक कुमार रायका अनुसार स्थायी ठेगाना नखुलेका वर्ष ६५ का रामायण नट, वर्ष ६० का लक्ष्मण नट, वर्ष ३५ का मनोज नट र वर्ष ३४ का सुनिल नट पक्राउ परेका हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
आरोपितहरू केही समयदेखि फतुवा विजयपुर–७ फतुवा गाउँ छेउमा त्रिपाल टाँगेर सपरिवार बस्दै आएका थिए । घरका महिला तथा पुरुष दिनभरि गाउँगाउँ घुमेर भिख माग्ने गरेका थिए । चारै जना गाउँ–गाउँमा घुमेर मागेर खाँदै हिँडेका घुमन्ते रहेको स्थानीयले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण