युएई पुगे युक्रेनी राष्ट्रपति जेलेन्स्की
आबुधाबी । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की आइतबार राति संयुक्त अरब इमिरेट्स (युएई) आइपुगेका छन् । युक्रेन र रुसबिच जारी युद्ध अन्त्य गर्न शान्ति वार्ताको माग बढ्दै गएपछि उनी युएई आइपुगेका हुन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत हप्ता साउदी अरेबियामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्ने संकेत गरेका थिए । युद्ध सुरु भएदेखि ठूलो सङ्ख्यामा रूसी र युक्रेनी आप्रवासीहरू यहाँ आइपुगेका छन् र विगतमा मध्यस्थता गर्ने अनुभव पनि रहेको छ । युएईलाई लामो समयदेखि शान्ति वार्ताको सम्भावित स्थलको रूपमा हेरिएको छ । जर्मनीमा म्युनिख सुरक्षा सम्मेलनमा भाग लिएपछि जेलेन्स्की अबुधाबी आइपुगेका थिए ।
उनको कार्यालयले जारी गरेको फुटेजमा उनी र उनकी श्रीमती ओलेनालाई आइतबार राति विमानस्थलमा युएईका अधिकारीहरूले स्वागत गरेको देखिन्छ । युद्ध सुरु भएदेखि यो जेलेन्स्कीको युएईको पहिलो भ्रमण हो । ‘हाम्रो सर्वोच्च प्राथमिकता हाम्रा धेरैभन्दा धेरै मानिसहरूलाई कैदबाट मुक्त गर्नु र घर फर्काउनु हो,’ जेलेन्स्कीको कार्यालयले अनलाइन सन्देशमा भनेको छ । ‘हामी लगानी र आर्थिक साझेदारीका साथै ठुला स्तरका मानवीय कार्यक्रमहरूमा ध्यान केन्द्रित गर्नेछौँ,’ राष्ट्रपति कार्यालयले भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण