चार दिन यता काठमाडौंंसहित देशभर मौसम गडबडी, आज तीन प्रदेशमा पानी पर्ने
काठमाडौं । अपराह्नपछि आज कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागमा मेघगर्जन, चट्याङसहित वर्षा हुने पूर्वानुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्दकुमार झाका अनुसार पश्चिमी वायुको आंशिक प्रभावका साथै स्थानीय वायुको समिश्रणले वर्षा गराएको हो ।
‘बिहीबार कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भेगका केही स्थान र बाँकी प्रदेशका पहाडी भेगका एक/दुई स्थानमा वर्षाको सम्भावना रहेको छ’, मौसमविद् झाले भने, ‘प्रि-मनसुनी गतिविधि पनि सक्रिय भएकाले अबका दिनमा मेघगर्जन, चट्याङसहित अपराह्नतिर वर्षा हुने र रातिको समयमा मौसम सामान्यतया सफा रहनेछ ।’
बुधबार साँझपख काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा वर्षा भएको थियो । कोशी, बाग्मती र गण्डकी प्रदेशको पहाडी भू-भागमा हल्कादेखि मध्यम वर्षा भएको थियो । गण्डकी प्रदेशमा वर्षा गराउने मौसमी प्रणाली विकसित भई कोशी प्रदेश भएर बाहिरिएकाले बिहीबार राति पानि पर्ने सम्भावना नरहेको महाशाखाले उल्लेख गरेको छ ।
विगत चार दिनदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा मौसम बदली रहेको थियो । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडानसमेत सामान्य प्रभावित भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक लेखा समिति सरकारको छाया बन्यो : मोदी
-
कुलमान हटाएकोमा सरकारले पश्चात्ताप गर्नुपर्नेछ : जनार्दन शर्मा
-
लेखा समितिमा प्रश्न : कुलमान हटाएपछि बक्यौताबारे कहिले छलफल हुन्छ ?
-
‘यता आईपीओ रोकिएको छ, उता स्थानीय सेयर कहिले दिने हो भन्छन्’
-
आर्थिक अनियमितताको मुद्दामा दोस्रो पटक सफाइ पाए सेप ब्लाटर र मिचेल प्लाटिनीले
-
ओस्कर जितेका प्यालेष्टिनी निर्देशक इजरायली सेनाको नियन्त्रणमा