आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

प्राधिकरणमा नयाँ प्रयोगको थालनी, अब चालु लाइनमै मर्मत सम्भार कार्य हुने

आइतबार, १४ असार २०८३, १० : २३
आइतबार, १४ असार २०८३

सारांश

  • नेपाल विद्युत् प्राधिकरणले चालु लाइनमै मर्मत सम्भार गर्ने कार्यको थालनी गरेको छ ।
  • लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख मनोज कुमार यादवले उपभोक्ताहरूलाई बिना अवरोध गुणस्तरीय तथा निरन्तर विद्युत् उपलब्ध गराउने गरी नयाँ प्रविधि प्रयोग गरेको बताए ।
  • भविष्यमा मर्मत कार्यमा गर्नु पर्ने अनिवार्य लाइन कटौतीमा कमी आई उपभोक्ताहरूले नियमित र थप भरपर्दो विद्युत् सुविधा प्राप्त गर्ने अपेक्षा प्राधिकरणले गरेको छ ।

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले चालु लाइनमै मर्मत सम्भार गर्ने कार्यको थालनी गरेको छ । प्राधिकरणले लुम्बिनी प्रादेशिक कार्यालयबाट यस्तो कार्यको थालनी गरेको हो । 

नेपाल विद्युत् प्राधिकरण मुकायम कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठको उपस्थितिमा लुम्बिनी प्रादेशिक कार्यालयबाट यसको थालनी गरेको प्राधिकरणले जानकारी दिएको छ ।

लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख मनोज कुमार यादवले उपभोक्ताहरूलाई बिना अवरोध गुणस्तरीय तथा निरन्तर विद्युत् उपलब्ध गराउने गरी नयाँ प्रविधि प्रयोग गरेको बताए । उनले नेपालमै पहिलो पटक आजबाट चालु अवस्थाको विद्युत् लाइन अत्याधुनिक मर्मत उपकरणको प्रयोग गरी मर्मत सम्भार कार्यको सुरुवात गरेको बताए । 

उनले भने, ‘विद्युत् आपूर्तिलाई थप भरपर्दो र गुणस्तरीय बनाउने उद्देश्यले चालु लाइनमै मर्मत–सम्भार गर्ने कार्यलाई आगामी दिनहरूमा पनि निरन्तरता दिने उद्देश्यले यो नमुना कार्यको रूपमा सुरुवात गरेका हौँ ।’  

नमुना कार्यका रूपमा बुटवल उपमहानगरपालिका–११, कालिकानगरमा रहेको ११ केभी लाइनको मर्मत गरी कार्य प्रारम्भ गरिएको वितरण तथा ग्राहक सेवा निर्देशनालयका उप–कार्यकारी निर्देशक नवराज ओझाले जानकारी दिए ।

तालिम प्राप्त कर्मचारीहरूले अत्याधुनिक मर्मत उपकरणको प्रयोग गरी मर्मत सम्भार कार्यको प्रयोग गरी चालु लाइनको मर्मत कार्य गरेका थिए । हाललाई नमुनाको रूपमा सुरुवात गरिएको यो कार्यलाई प्रभावकारिता र आवश्यकताको आधारमा विशेष गरी सहरी क्षेत्रको नियमित मर्मत सम्भारको कार्यमा प्रयोग गर्ने कायमुकायम कार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिए । 

भविष्यमा अत्याधुनिक मर्मत उपकरणको प्रयोग गरी मर्मत सम्भार कार्यको प्रयोग गरी लाइन मर्मत सम्भार गर्न सकेको खण्डमा मर्मत कार्यमा गर्नु पर्ने अनिवार्य लाइन कटौतीमा कमी आई उपभोक्ताहरूले नियमित र थप  भरपर्दो विद्युत् सुविधा प्राप्त गर्ने अपेक्षा प्राधिकरणले गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप