ललितपुर र सुनसरीमा लाखौँको चोरी
सोमबार, ०४ चैत २०८१, १२ : १६
काठमाडौँ । ललितपुर र सुनसरी जिल्लामा लाखौँ रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
ललितपुर महानगरपालिका-२९ हरिसिद्धि बस्ने राज कुमार तिमिल्सिनाको घरबाट करिब २ लाख ५० हजार रुपैयाँ बराबरको विभिन्न धनमाल आइतबार दिउँसो चोरी भएको हो ।
उता, सुनसरीको बराहक्षेत्र नगरपालिका-३ नडाहा देवीथान चोक बस्ने ५० वर्षीय डाक बहादुर पौडेलको घरबाट सुनका विभिन्न गरगहना तथा नगद २ लाख ६० हजार रुपैयाँ समेत गरी करिब २८ लाख १० हजार रुपैयाँ बराबरको धनमाल आइतबार दिउँसो चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण