शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

डलर साँट्न भन्दै बोलाएर भक्तपुरबाट लुटियो १८ लाख

शुक्रबार, २५ जेठ २०७५, १८ : १६
शुक्रबार, २५ जेठ २०७५

काठमाडौं । डलर साँट्न भन्दै बोलाएर भक्तपुरमा १८ लाख लुटपाट भएको छ । चाँगुनारायण नगरपालिका इन्द्रेणीपुल–३ स्थित विरेन तामाङलाई बोलाई १८ लाख लुटपाट गरिएको हो । 

ताप्लेजुङ फुलापिङ नगरपालिका–१ घर भई हाल स्वयम्भु बस्दै आएका तामाङलाई अज्ञात समूहले फोन गरी डलर साँट्न भन्दै  बोलाएर लुटपाट गरेको प्रहरीले जनाएको छ । 

डलर साटेको बापत २ लाख रुपैयाँ फाइदा हुने भएकाले तामाङले १८ लाख रुपैयाँ लिएर पैसा साँट्न गएका प्रहरीले जनाएको छ । 

यतिबेला घटनास्थलमा महानगरीय प्रहरी प्रभाग चाँगुनारायणका इन्सपेक्टरको टोली पुगेको छ । फरार व्यक्तिहरुको खोजतलास भइरहेको र घटनाबारे अनुसन्धान भइरहेको काठमाडौं प्रहरीले जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप