वाईसीएल कोशीद्वारा श्रम अभियान सुरु
धरान । वाईसीएल नेपाल कोशी प्रदेश समितिले श्रम अभियान सुरु गरेको छ । वाईसीएल सुनसरीको सहकार्य र वाईसीएल धरान उपमहानगर समिति व्यवस्थापनमा धरानस्थित कालिखोला सामुदायिक वनमा वृक्षारोपण र सरसफाइ गरी अभियानको उद्घाटन गरिएको हो ।
प्रदेशको १४ जिल्लामध्ये १० जिल्ला ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, तेह्रथुम, खोटाङ, सोलुखुम्बु र उदयपुरमा विभिन्न कार्यक्रम गरी यो अभियान सुरु भएको वाईसीएल कोशीका अध्यक्ष विक्रम लिम्बूले जानकारी दिए ।
वाईसीएल इलामको आयोजनमा माई नगरपालिका २–४ मा अवस्थित नमुना सामुदायिक वन उपभोक्ता समितिमा सरसफाइ, वृक्षारोपण, बेसार रोपन गरिएको छ ।
माओवादी केन्द्र निकट वाईसीएलले आजदेखि देशभर ‘श्रम तथा उत्पादनमा वाईसीएल’ अभियान सुरु गरेको हो । ललितपुरको बालकुमारी चौर, सुनाकोठीमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वृक्षारोपण, इँटालगाउने, नाली सफा गर्ने, चौरको घाँस काटेर अभियानको उद्घाटन गरेका हुन् ।
गत असार १७ र १८ गते बसेको वाईसीएलको पदाधिकारी बैठकले साउन र भदौमा दुई महिने श्रम अभियान चलाउने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण